माउन्टेन इनर्जीको खुद नाफा ३१ करोड, विजुली बिक्रीबाट ८७ करोड आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 11:13:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा माउन्टेन इनर्जी नेपालले ३० करोड ९१ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा १७.३५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३४ लाख थियो ।

कम्पनीको संचालन मुनाफा ५२ करोड १९ लाख रहेको छ । कम्पनीको कर अगाडीको नाफा भने ३१ करोड ४६ लाख रहेको छ। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८७ करोड १ लाख आम्दानी गरेको छ। 

२ अर्ब २६ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिटेन अर्निंग १ अर्ब १७ करोड रहेको छ। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८७ करोड १ लाख आम्दानी गरेको छ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ६६ पैसा, प्रति शेयर नेटवर्थ १५१ रुपैयाँ ७२ पैसा, र पीइ रेसियो ३७.७० गुणा रहेको छ ।

कम्पनीले हालै मात्रै उच्च अदालत पाटनबाट नेपाल विद्युत प्राधिकरण विरुद्दको मुद्दा जितेको छ। मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। विद्युत प्राधिकरणको दाबी नपुग्ने भन्दै अदालतले प्राधिकरणको रिट खारेज गरेको हो। यस संगै यो मुद्दा माउन्टेन इनर्जीले जितेको हो ।

मुद्दा जिते संगै कम्पनीले नेपाल विद्युत प्राधिकरणबाट करिब आयोजनाको निर्माण सम्पन्न (सीओडि) भए देखि मध्येस्थता परिषदमा मुद्दा पेश हुँदा सम्मको रु. २६ करोड ४१ लाख र सो पश्चात हाल सम्म कट्टा गर्दै आएको रकम  र त्यसमा लाग्ने ब्याज रकम  समेत पाउने बाटो खुलेको  छ । 

यो पनि : माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा,  २६ करोड बढी रकम पाउने बाटो खुल्यो


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved