अरुण भ्यालीका सेयरधनीलाई हरेक बर्ष लाभांश खुवाउने गुरु प्रसादका '३ गुरु योजना'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 10, 2017 | 07:39:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको गत आर्थिक बर्षको वित्तीय विवरण साउन २६ गते सार्वजनिक भएको छ। कम्पनीले बिजपाटी डटकमले यस अघि प्रस्तुत गरेको तथ्य सहितको समाचार अनुसार नै सम्पती बेचेरै भएपनि ८ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। 

कम्पनीले प्रस्तुत गरेको यो खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ५० प्रतिशतले बढी हो। कम्पनीले बिजुली बेचेर ५ करोड १६ लाख आम्दानी गरेको छ भने अन्य स्रोतबाट भनेर ७ करोड ८५ लाख रुपैयाँ आम्दानी भएको विवरणमा देखाएको छ। बिजपाटी डटकमले साउन १ गते 'यस्तो छ अरुण हाइड्रोको एफपीओ बिकाउन गुरु प्रसाद न्यौपानेको 'गुरु योजना' शिर्षकमा लेखेको समाचारमा 'कम्पनीले बानेश्वर मिलन चोकमा रहेको घर जग्गा आफ्नै अर्को संस्थालाइ करिब ७ करोडमा बिक्रि गरि बोनस सेयर दिने मिल्ने गरि रकमको जोहो गरेको' लेखेको थियो।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणबाट के पुष्टि हुन्छ भने गुरु प्रसाद न्यौपाने परिवारको बाहुल्यता रहेको अरुण हाइड्रोली अघिल्लो बर्ष झैँ यो बर्ष पनि सम्पती बिक्रि गरि प्राप्त आम्दानीबाटै १० प्रतिशत लाभांश बाड्ने निश्चित छ। १० प्रतिशत लाभांश पाउनु सेयरधनीका लागि खुसिको कुरा भएपनि यहि लाभांशको आकर्षण देखाई ३१ लाख कित्ता एफपीओ महँगोमा बिकाउने हत्कण्डा कती जायज होला यो भने धितोपत्र बोर्डले सोच्ने बिषय हो।   

चाहे त्यो रिडी हाइड्रो होस् या अरुण भ्याली, गुरु प्रसाद न्यौपाने परिवारको बाहुल्यता रहेको यस कम्पनीले आफ्नै सम्पती हेरफेर गर्दै त्यसबाट आम्दानी भएको देखाएर अहिलेसम्म सेयरधनीहरुलाई कम्तिमा १० प्रतिशत लाभांश  बाड्न सफल भएका छन। हरेक बर्ष सम्पती बिक्री गरेर नै लाभांश बाड्ने अवस्था रहेको यस कम्पनीले आगामी बर्षहरुमा कसरी सेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्ला बन्ने चाँसो हुनुपनि स्वाभाविक नै हो। 

यो बर्ष अघिल्ला बर्षहरुमा झैँ लाभांश बितरण गर्ने सक्ने अवस्थामा रहेको अरुण भ्यालीले आगामी बर्षमा बोनस वितरण गर्न अपनाउन सक्ने उपायमा प्रस्तावित ३१ लाख कित्ता एफपीओ प्रमुख हो भने बिकल्पमा थप सम्पती बिक्री गर्ने अथवा अरुण काबेलीसंग मर्ज गर्ने उपाए रहेका छन।  एफपीओ बिक्री गरेर होस या थप सम्पती बिक्री गरेर होस् अथवा मर्ज गर्दा प्राप्त स्वापबाट होस, जसरी पनि आम्दानी गरी सेयरधनीहरुलाइ न्युनतम १० प्रतिशत लाभांश खुवाउनु कम्पनीको लागी चुनौती नै रहेको छ। 

यी ३ बिकल्प मार्फत आम्दानी जुटेर आगामी बर्ष लाभांश वितरण गर्न सफल भएमा त्यसपछीका बर्षमा कम्पनीले अरुण भ्यालीले बिजुली बेचेर कमाएकोबाट लाभांश दिन सक्ने अवस्थामा पुग्ने देखिन्छ। 

यसरी जबर्जस्ती कमाई गरेको देखाएर लगानीकर्तालाई १० प्रतिशत लाभांशको आकर्षण देखाउने कम्पनीको एफपीओमा लगानी सुरक्षाको ग्यारेन्टीमा शंका हुन सक्ने भएकाले नियमन निकाय नेपाल धितोपत्र बोर्डले बेलैमा उचित निर्णय गर्नु पर्ने देखिन्छ। एफपीओ र प्रिमियममा आइपीओको अवधारणा चुस्त दुरुस्त नहुँदा त्यसबाट हुन सक्ने सर्वसाधारणको लगानीको जोखिम सम्बन्धमा धितोपत्र बोर्डले गम्भीर भएर निर्णय लिनु पर्ने हुन्छ। 

त्यसो त अरुण भ्यालीको प्रोमोटर र साधारण सेयरको कारोबार उस्तै प्रकृतिले हुँदा लगानीकर्ता अन्यौलमा रहेका छन। उस्तै प्रकृतिले सेयर कारोबार भएकाले कम्पनीको प्रस्तावित एफपीओ कुन सेयर हो, प्रमोटर कि साधारण भन्ने अन्यौलता पनि यथावत नै रहेको छ। यसबारे पनि धितोपत्र बोर्ड चनाखो हुनु पर्ने देखिन्छ। 

अर्को तर्फ भोलिका दिनमा अरुण हाइड्रो र अरुण काबेलीबीच मर्ज हुने अवस्था आयो भने त्यहाँबाट पनि गुरु प्रसादलाई मनग्गे आम्दानी गर्ने बाटो खुल्नेछ। अहिलेपनि अरुण काबेलीमा अरुण भ्यालीको  २५ करोड ३ लाख २० हजार (प्रोमोटर सेयर) लगानी रहेको छ। मर्ज गर्दा क्रस होल्डीङ गरी त्यही सेयर पब्लिकमा बेचेर मनग्गे पैसा कमाउने गुरुको रणनीति पनि धितोपत्र बोर्डले बेलैमा बुझ्नु पर्नेहुन्छ। अरुण काबेली सहित अन्य ९ कम्पनीमा अरुण भ्यालीको करिब ४० करोड लगानी रहेको छ। अरुण भ्यालीले १ बराबर १ का दरले हकप्रद जारि गरेर लिएको उठाएको लगानी कहाँ गयो यो खोज्ने काम भने लगानीकर्ताकै हो।

कम्पनीले प्रस्तुत गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार अरुण भ्यालीको चुक्ता पुंजी ८४ करोड ८१ लाख ९३ हजार रहेको छ भने ९ करोड २३ लाख जगेडा कोष रकम रहेको छ। त्यस्तै प्रति सेयर आम्दानी १० रुपैयाँ ५६ पैसा , मुल्य आम्दानीको अनुपात २६ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ ११० रुपैयाँ ८९ पैसा रहेको छ।

यो पनि:

यस्तो छ अरुण हाइड्रोको एफपीओ बिकाउन गुरु प्रसाद न्यौपानेको 'गुरु योजना'


    

  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved