पहिलो पटक घर किन्न पाइने कर्जाको सीमा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 01:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्ति लाई प्रदान गरिने २ करोड सम्मको आवासीय घर कर्जामा लोन टू भ्यालू रेसियो बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने भएको छ । अब बैंकहरुले पहिलो पटक घर खरिद गर्ने वा बनाउने ऋणीलाई २ करोडसम्म कर्जा लगानी गर्न पाउने भएका हुन् । 

मौद्रिक नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा अब २ करोड सम्मको आवासीय कर्जालाई व्यक्तिगत घर कर्जा मानेर यसका लागि ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने बाटो खोलिदिएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यसअघि पहिलो पटक घर खरिद गर्दा १ करोड ५० लाख रुपैयाँ ऋण पाउने व्यवस्थालाई परिमार्जन गर्दै २ करोड पुर्याएको थियो ।  यो सुविधा पहिलो पटक घर कर्जा लिंदा मात्र लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved