फागुनमा घट्यो घरजग्गा कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 05:34:30 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन महिनामा घरजग्गा कारोबारमा खास सुधार आउन नसकेको देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ४९ हजार २८७ वटा घरजग्गा किनबेच भएका छन् । 

माघ महिनामा ४९ हजार २९० वटा लिखत पारित भएको थियो । 

फागुन महिनामा भएका घरजग्गा कारोबारमध्ये सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट कारोबार भएको छ । सुनसरीस्थित इनरुवा मालपोत कार्यालयबाट २ हजार ६ वटा घरजग्गा किनबेच भएको छ । जनकपुरधाम मालपोतबाट १ हजार ९९७ वटा, झापाको भद्रपुर मालपोतबाट १ हजार ८५० वटा, मोरङको बेलबारी मालपोतबाट १ हजार ६ सय ४३ वटा घरजग्गा कारोबार भएको छ । सप्तरीको राजविराज मालपोतबाट १ हजार ३६५ वटा, महोत्तरीको जलेश्वर मालपोतबाट १ हजार २८४ वटा र सर्लाहीको मलंगवा मालपोतबाट १ हजार ११४ वटा घरजग्गा किनबेच भएका छन् ।

फागुन महिनामा भएका ४९ हजार २८७ वटा घरजग्गा किनबेचबाट ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । माघको तुलनामा घरजग्गा किनबेच केही घटे पनि राजस्व संकलन भने केही बढेको छ । माघमा घरजग्गा किनबेचबाट ३ अर्ब ७१ करोड राजस्व संकलन भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved