“विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं” योजना अन्तर्गत लिम्बुले जिते १ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 05:10:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो ।

यस अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख, हरेक हप्ता ५ जनालाई जनही रु २५,हजार साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५ सयको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ । 

सोही योजना अनुरुप अहिलेसम्म  ३१०० जनाले रु ५०० को वालेट टप् अप, २० जना  सप्ताहिक  बिजेताहरुले जनही रु २५, हजार जित्न सफल भैसकेको कम्पनीले जनाएको छ । त्यस्तै १ जना भाग्यशाली मासिक बिजेताले रु १ लाख जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले रु १ लाख जित्न सफल भएको जनाएको छ ।   

कम्पनीका अनुसार यस “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved