एनएमबि बैंकको नाफा डेढ अर्ब नाघ्यो, यस बर्ष लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 08:26:38 AM मा प्रकाशित

एनएमबि बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा सामान्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिको तुलनामा करिब २० प्रतिशतले बढाएर १ अर्ब ६५ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३५ करोड खुद मुनाफा गरेको थियो। 

नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार विभिन्न शिर्षकहरुमा ३७ करोड ३९ लाख रुपैयाँ व्यवस्था गरे पश्चात बैंकको बितरण योग्य मुनाफा ९७ करोड २१ लाख छ। 

चालु आर्थिक वर्षको ९ महिना अवधिको वितरणयोग्य नाफाको अनुसार बैंकले शेयरधनीलाई करिब १४ प्रतिशत लाभांश वितरण गर्न सक्दछ।  राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। यद्दपी यस आर्थिक बर्षको कमाईबाट अन्य शिर्षकमा व्यवस्थापन गर्न नपरेको अवस्थामा र एनएमबि बैंकले सेयर प्रिमियमबाट प्राप्त गरेको २ अर्ब ५१ लाई आधार मान्दा बैंकको यस बर्षको लाभांश क्षमता झन्डै २५ प्रतिशत पुग्न सक्छ।  

यस अवधिमा बैंकले ९७ अर्ब २१ करोड निक्षेप संकलन गरि ८७ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप संकलन करिब १२ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह करिब २० प्रतिशतले बढेको छ। त्यस्तै तेस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ९ करोड खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा खुद ब्याज आम्दानी झन्डै ५० प्रतिशतले बढेको छ।  

यस अवधिमा बैंकको चुक्तापुंजी ९ अर्ब ६१ करोड छ भने जगेडा कोषमा ७ अर्ब १३ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात ०।७९ प्रतिशत छ भने प्रति सेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा, प्रति सेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा र मुल्य आम्दानीको अनुपात १५ दशमलब ५५ गुणा छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved