त्रिलोकलाई गाभ्न लागेको सुर्योदय लघुवित्तको यस्तो छ वित्तीय प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 10:21:02 AM मा प्रकाशित

त्रिलोक लघुवित्तलाई गाभ्न लागेको सुर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha Limited  ले उल्लेख्य प्रगति सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १५५.७२ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ४१ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५५ लाख ४५ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

प्रथम त्रैमास सम्ममा लघुवित्तले सदस्यहरुबाट ६८ करोड ६५ लाख ७३ हजार रुपैयाँ  निक्षेप संकलन गर्दा १ अर्ब १९ करोड ९६ लाख ६६ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको छ । यस अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ७० लाख ३९ हजार कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९५ करोड ८० लाख १७ हजार कर्जा लगानी गरेको थियो भने ४३ करोड ४३ लाख २ हजार निक्षेप संकलन गरेको थियो । त्यस्तै ५८ करोड ६० लाख ९२ हजार अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएको थियो । १० करोड ७९लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा १२ करोड ७९ लाख ५६ हजार छुट्याएको छ । उक्त अवधिमा लघुवित्तले ३ करोड ६९ लाख २१ हजार खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा ०.९३ प्रतिशत रहेको लघुवित्तको पुँजीकोष अनुपात १०.४६ प्रतिशत, कोषको लागत १०.२९ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक ५२ रुपैयाँ ५६ पैसा र प्रतिशेयर नेटवर्थ २ सय १८ रुपैयाँ ५६ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved