२ महिनामा फाईनान्स कम्पनीको खुद नाफा १६ करोड , ५ कम्पनी घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 11:40:25 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/।०८१ को पहिलो दुई महिनामा फाइनान्स कम्पनीहरुले १६ करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो दुई महिना(साउन र भदौ) मा फाइनान्स कम्पनीहरुले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

सर्वाधिक खुद नाफा मन्जुश्री फाईनान्सको रहेको छ । कम्पनीले दुई महिनामा ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, धेरै खुद नाफा आर्जन गर्ने सूचीको दोस्रो नम्बरमा गोर्खाज फाइनान्स रहेको छ। कम्पनीले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यसैगरी, आइसीएफसी र जानकी फाइनान्स क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यी कम्पनीहरुले क्रमशः ३ करोड ७ लाख र १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सबैभन्दा थोरै खुद नाफा कमाउनेमा गुडवील फाइनान्स रहेको छ । गुडविलले १ लाख मात्र खुद नाफा कमाएको छ । 

१७ फाइनान्स कम्पनीमध्य साउनमा १२ वटा कम्पनीले खुद नाफा कमाएका छन् भने ५ वटा कम्पनी घाटामा गएका छन् । समृद्धि फाइनान्स, क्यापिटल मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स, गुवेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स, नेपाल फाइनान्स र रिलायन्स फाईनान्स घाटामा गएका हुन् । यो दुई महिनामा समृद्धिले ११ करोड ७३ लाख र क्यापिटल मर्चेन्टले ६ करोड १६ लाख खुद घाटा व्योहोरेका छन् ।

हेर्नुस् कुनको खुद नाफा/घाटा कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved