हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 09:19:37 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपश्चात ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । 

कम्पनीले बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न फागुन २० गते साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म कायम लगानीकर्ताले मात्रै पाउने छन् । कम्पनीले फागुन ७ गते बुक क्लोजको मिति तय गरेको छ ।

साधारणसभामा संस्थापक सेयरधनी समूहबाट १ जना र साधारण सेयरधनीबाट २ जना सञ्चालक पनि चयन हुनेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved