सिंगटी हाईड्रोको साधारण शेयर लिलाममा, कहिलेसम्म दिन पाइन्छ आबेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 07:42:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रदमा अवितरित साधारण शेयर लिलाम बढाबढ मार्फत विक्री गर्ने भएको छ। कम्पनीले यहि चैत २० गतेभित्र निबेदन  आइपुग्ने गरि आबेदन दिनलाई इच्छुक सर्वसाधारणलाई एक नोटिस मार्फत जानकारी गराएको छ। 

कम्पनिले हकप्रद बिक्रि खुला गर्दा माग हुन नआएको ४६ लाख ११ हजार ५३९ कित्ता साधारण शेयर जो कोहिले आबेदन दिन पाउने गरि बिक्रि खुला गरेको हो। इच्छुकले यहि चैत १२ देखि चैत २० गते भित्र आबेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

बिक्रीका लागि लिलाम बढाबढमा राखिएका ४६ लाख ११ हजार ५३९ कित्ता साधारण शेयरमध्ये २६ लाख ८५ हजार ९५० कित्ताको लक् इन अवधि २०८० चैत २६ गतेसम्म रहेको समेत कम्पनीले जनाएको छ। 

इच्छुकले मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, सिन्धु विकास बैंकका तोकिएका शाखा कार्यलयबाट आबेदन फारम लिएर चैत २० गते कार्यालय समयभित्र निबेदन दिन सक्नेछन। 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved