सामान्य परिवारमा करौडौंको बिजुलीको बिल!‘पैसा तिर्न नसक्दा घरको लाइनसमेत काटियो’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 08:58:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एक सामान्य परिवारलाई करौडौंको बिजुलीको बिल तिर्नु पर्ने सुन्दा के होला ? सायद यस्तो कुरा कसैले कल्पना समेत गर्न सक्दैन। तर भारतको एक सामान्य परिवारलाई भने यस्तै आपत आइलागेको छ। 

भारतको एक सामान्य परिवारलाई विद्युत कार्यालयले ३८ बिलियन भारु अर्थात करिव ६१ अर्ब रुपैयाँको बिजुलीको बिल दिएर तिर्न नसक्ने भन्दै घरमा बिद्युतको लाइन काटिदिएको छ ।

झारखण्डस्थित जमशेदपुरस्थित बिर.आर गुहाको परिवारलाई गत आइतबार झारखण्ड बिद्युतिय आयोगको कार्यालयले यत्तिका ठुलो मुल्य बराबरको बिद्युत बिल दिएको समाचार संस्था 'एएनआइ'ले उल्लेख गरेको छ ।

गुहाको परिवारले उक्त रकम तिर्न नसक्ने भन्दै घरको बिद्युत लाइनसमेत बिद्युत कार्यालयका कर्मचारी आएर काटिदिएको बताएका छन् ।बिर.आर गुहाले जिवनमा कहिलेपनि नसोचेको घटना भएको बताए । उनले भने, ‘मेरो घरमा तीन ओटा कोठा छन्, जसमा तीनओटा पंखा, तीनओटा ट्युबलाइट र एउटामात्रै टिभि छ, यतिधेरै रकमको बिल कसरि आउन सक्छ ?’

गुहाकी छोरी रत्नाले बिल देखेपछि सबैजना अचम्ममा परेको बताए । उनले भनिन्, ‘मेरो आमालाई मधुमेह र बुबालाई प्रेसरकोे समस्या छ, यति धेरै रकमको बिलले हामिलाई झन् तनाब बनाएको छ ।’

रत्नाले छिमेकीको सहयोगमा झारखण्ड बिद्युतिय आयोगको कार्यालय विरुद्ध प्रहरीमा निवदेन दिएपछि घटनाबारे अनुसन्धान अघि बढेको झारखण्ड प्रहरीले बताएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved