एनएमबि बैंकको तीन नयाँ शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2016 | 04:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंकले एकै साथ तीन नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले भैरहवा, पाल्पा र दमक गरी एकै साथ तीन स्थानमा शाखा कार्यालय संचालनमा ल्याएको हो। 

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले पाल्पा तथा भैरहवा शाखा कार्यालयको उद्घाटन गरे। त्यस्तै दमक शाखा कार्यलयको उद्घाटन बैंकका संचालक नन्द किशोर राठी तथा नेपाल राष्ट्र बैंकका क्षत्रिय प्रवन्धक रामु पौडेलले संयुक्त रुपमा गरे।

सो अवसरमा गभर्नर नेपालले देशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल, बैंकका संचालक कमलेश कुमार अग्रवाल, स्थानिय ग्राहक, उघोगी, व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। 

हाल बैंकले देशभर रहेका ७१ शाखा, ५० एटिएम र ७ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ।     
  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved