कालिञ्चोक र मातृभूमि विकास बैंक टुरिजममा गाभिने, एक्जिविशनपछि शत प्रतिशत हकप्रद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 05:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक डेभलपमेन्ट बैंक र मार्तुभुमी विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको टुरिजम डेभलपमेन्ट बैंकले एक्जिविशनपछि शत प्रतिशत हकप्रद जारी गर्ने भएको छ। 

कालिन्चोक, मार्तुभुमी र टुरिजम डेभलपमेन्ट बैंकले बुधबार गरेको छुट्टा छुट्टै बिशेष साधारण सभाले एक्जिविशनको प्रस्ताव पारित गरेको हो। साथै टुरिजम डेभलपमेन्ट बैंकको सोहि बिशेष साधारण सभाले हकप्रद प्रस्ताव पारित गरेको हो। 

राष्ट्र बैंकले दिएको निर्देशन अनुसार टुरिजम डेभलपमेन्ट बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ। ४ करोड ८० लाख रुपैयाँ रहेको मार्तुभुमी र १० करोड चुक्ता पुंजी रहेको कालिञ्चोक खरिदपछी टुरिजमको चुक्ता पुंजी करिब ९४ करोड रुपैयाँ पुग्ने छ। हाल टुरिजमको चुक्ता पुंजी ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved