यस्तो छ ‘मेरो देश’मा युवा बेरोजगारको कथा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 06:42:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रोजगारको व्यवस्था हुन नसक्दा दैनिक हजारौको संख्यामा युवाहरु विदेश पलायन भएको तितो यथार्थ समेटिएको सामाजिक कथा बस्तु तथा देशमा मौलाउंदो अपारदर्शिता र दण्डहिनता लाई मेरूदण्ड बनाई तयार गरिएको चलचित्र ‘मेरो देश’ श्रावणको अन्तिम सातादेखि नेपाल बाहिरबाट रिलिज हुने भएको छ ।

नेपालमा भने यो चलचित्र तिहारको मौका छोपेर कार्तिक पांच गते प्रदर्शनमा आउने निर्माण पक्षले बताएको छ । चलचित्र ‘मेरो देश’ मा नेपालको बर्तमान राजनीतिक अवस्थाको कारण भ्रष्टाचार मौलाएर विकासले गति लिन नसकेको यथार्थताबाट देशलाई कसरी दीर्घकालीन निकास दिई समृद्धिको शिखरमा पुर्याउन सकिन्छ र युवा बेरोजगारसंगै विदेशी भूमीमा युवाहरुले भोग्नु परेको पीडा कष्टका साथै समाजमा भैरहेका विसंगतीमा आधारित कथाबस्तु समावेश गरिएको छ ।

ब्रोसिस इन्टरटेनमेन्ट प्रा लि को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘मेरो देश’ लाई देब नेपालले निर्देशन गरेका छन । चलचित्रको कार्यकारी निर्माता उदय सापकोटा छन भने निर्माणमा पार्वती मैनाली र प्रभाकर सापकोटाको संयुक्त लगानी रहेको छ । यस चलचित्रमा नीर शाह, निशा अधिकारी, प्रज्वल गिरि, आयुश रिजाल, धुर्ब कोइराला कृष्ण शिवाकोटी लगायतको अभिनय रहेको छ ।

काठमाण्डौ, काभ्रे, सिन्धुली, तथा तराईका रौतहट लगायत केही जिल्लामा सो चलचित्रको छाँयाकंन भएको हो । यस चलचित्रमा बरिष्ठ संगितकार बि.बि.अनुरागीको संगित, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ भने द्वन्द राजु किरातको छ । रबिन्द्र बरालको छांयाङकन रहेको ’मेरो देश’ मा उदय सापकोटाको कथा यथार्थपरक र फरक धारको छ । साथै प्रस्तुती उत्तिकै बलियो रहेको यो चलचित्र सफल हुने कुरामा निर्माण पक्ष ढुक्क देखिन्छन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved