सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स खरिद गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 07:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिममिटेडले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने भएको छ। खरिद गर्ने सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

चुक्ता पुँजी २२ करोड रहेको हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिद पछी सिभिल बैंकको चुक्ता पुँजी ५अर्ब ५४ करोड पुग्नेछ । यस अघि बैंकले २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने सम्झौता गरिसकेको छ। 

हामा हामा मर्चेन्ट एण्ड फाइनान्स खरिदपछि सिभिल बैंकको नाम र संचालक समिति एवं उच्च व्यवस्थापन यथावत रहने बताइएको छ। प्राप्तिपछि बैंकको कार्यक्षेत्र तथा लगानी क्षमता बढ्ने र यसबाट बैंकको कारोबार वृद्धि हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन। 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्त सम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने छ। चुक्ता पुंजी बढाउन बैंकले बोनस शेयर र हकप्रद शेयर दिने तथा अन्य वित्तीय संस्थासंग गाभ्ने र गाभिने प्रक्रियालाई पनि अगाडी बढाइने बैंकको पुंजी वृद्धि योजनामा उल्लेख छ। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved