मेगा बैंकले गर्यो ‘नानीमा लागेको बानीः आज बचाउँ–जिन्दगीभरी रमाउँ’ अभियानको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2016 | 11:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक लिमिटेडले बचत गर्ने बानी बसाउन स्कूल तथा कलेज जाने विद्यार्थीहरुलाई लक्षित गरि देशभर भियान सञ्चालन गर्ने भएको छ। बैंकले उक्त योजना अन्तर्गत ‘नानीमा लागेको बानीः आज बचाउँ–जिन्दगीभरी रमाउँ’ नामक बचत योजना ल्याएको छ। 

यो योजना अन्तर्गत ल तथा कलेज जाने विद्यार्थीहरु साथमा जति छ त्यतिमा बैंक खाता खोल्न सकिने र  बचत खातामा दिदै आएको मध्ये सबैभन्दा बढी व्याज दिने बैंकले जनाएको छ।

नयाँ योजना सार्वजनिक गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह भन्छन ‘हामी स्कूल तथा कलेजमा गएर विद्यार्थीहरुलाई बचत गर्दाको फाइदाबारे जानकारी दिन्छौं । खल्तीमा जति पैसा छ, त्यति रकम राखेर खाता खोल्न सकिन्छ । पैसा छैन भने शुन्य बचतमा पनि खाता खोल्न सकिन्छ । आफ्नो इन्छाअनुसार नियमित बचत गर्न सकिन्छ।' अहिले वार्षिक ४ प्रतिशत व्याज तोकेको र   अरु बचत खातामा दिने उच्चम व्याजदर ‘नानीमा लागेको बानी’ खातामा दिइने उनले बताए।

सो अवसरमा शाहले अरुले रोपेको फल खान मात्र सिकेको तर फल दिने बिरुवा रोप्न नजानेको समाजलाई बिरुवा रोप्न सिकाउनु पर्ने र आफूले रोपेको बिरुवाको फल खुवाउन सिकाउनु पर्ने बताए । 

मेगा बैंकले ल्याएको यो बचत योजनामा बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सिने अभिनेत्री प्रियाङ्का कार्कीलाई ‘ मेगा सेभिङ स्टार’ नियुक्त गरिएको छ । 'क्रिकेट कप्पान पारस खड्का र सिने स्टार प्रियांका कार्की आउने भनेपछि मानिसहरु जम्मा हुन्छन् । त्यहा हामी गएर मानिसलाई बचत गर्दाको फाइदा सिकाउँछौं, मेगा बैंकमा खाता खोल्न भन्छौ’ शाहले भने । यो योजनाले ९५ प्रतिशत वालबालिकालाई आकर्षित गर्ने शाहको बिश्वास छ । 

मेगा सेभिङ स्टार तथा क्रिकेट टिमका कप्तान पारसले खुत्रुकेमा हुने बचतलाई बैंकसम्म अपिल गर्ने बताए । ‘म सानो हुँदा दशैंको दक्षिणा संकलन गरेर व्याट किन्थे, त्यतिबेला मलाई बचत गर्ने ज्ञान भएन, अब म नानीबाबुलाई टिका लगाएर दिएको पैसा पनि बैंकमा राख्नुपर्छ भन्ने सन्देश दिन चाहान्छु’ उनले भने । 

त्यस्तै अभिनेत्री कार्कीले मेगा बैंकले ल्याएको नानीमा लागेको बानी बचत योजनाबाट आफू निकै प्रभावित भएको र बालबालिकालाई बचत गर्न सिकाउँदा उनीहरुको भविष्यमा धेरै सहयोग हुने भएकोले यस योजनालाई सफल पार्न लाग्ने बताइन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved