टाटा मोर्टसले ल्यायो ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान, भदौ २५ बाट सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2016 | 11:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागी टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङले भदौ २५ गतेदेखि ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान सञ्चालन गर्ने भएका छन् ।

टेष्ट ड्राइभ बापत प्राप्त रकम कम्पनीले शिक्षाको अवसर नपाएका, स्कुलको पहुँच भन्दा टाढा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र शिक्षाको अवसर प्रदान गर्न  खर्च गर्ने जनाएको छ। 

कम्पनीले टेष्ट ड्राइभ अभियान धापाखेल र सानेपाको जेम्स स्कुलबाट सुरु गर्ने जनाएको छ। टेष्ट ड्राइभका लागी कम्पनीले टाटाका नयाँ कार टियागो, बोल्ट र जेस्ट प्रयोग गर्ने भएको छ ।

टेष्ट ड्राइभमा इच्छुक अभिभावकले कुनै खर्च नगरी मात्र समय दिए पुग्ने कम्पनीका उपाध्यक्ष सौरभ राज थपलियाले जानकारी दिएका छन। 'कम्पनीले संचालन गर्न लागेको यो अभियानमा प्रत्येक टेष्ट ड्राइभ बापत कोषमा ५ सय रुपैयाँ जम्मा हुने छ' उनले भने।

कम्पनीले करिब १० हजार देखि १२ हजार टेस्ट ड्राइभ गराउने समेत उनले बताए । यसरी संकलन भएको रकम बालबालिकाको शिक्षाको लागि खर्च गरिने कम्पनीले जनाएको छ । 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved