टाटा मोर्टस्को ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ अभियान सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 10, 2016 | 09:16:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागी टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङले ‘शिक्षाको लागि टेष्ट ड्राइभ’ अभियान सुरु गरेको छ। उक्त अभियान आजबाट धापाखेल र सानेपास्थित जेम्स स्कुलको प्राङ्गणबाट आधिकारीक रुपमा सुरु भएको हो।  

टेस्ट ड्राइभ अभियानको पहिलो दिन तोकिएको स्थानमा टाटाका कार टियागो, बोल्ट तथा जेस्ट प्रदर्शन गरिएको थियो। टेष्ट ड्राइभ बापत प्राप्त रकम कम्पनीले शिक्षाको अवसर नपाएका, स्कुलको पहुँच भन्दा टाढा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र शिक्षाको अवसर प्रदान गर्न  खर्च गर्ने जनाएको छ। 

टेष्ट ड्राइभमा इच्छुक अभिभावकले कुनै खर्च नगरी मात्र समय दिए पुग्ने कम्पनीका उपाध्यक्ष सौरभ राज थपलियाले जानकारी दिएका छन। 'कम्पनीले संचालन गर्न लागेको यो अभियानमा प्रत्येक टेष्ट ड्राइभ बापत कोषमा ५ सय रुपैयाँ जम्मा हुने छ' उनले भने।

कम्पनीले करिब १० हजार देखि १२ हजार टेस्ट ड्राइभ गराउने समेत उनले बताए । यसरी संकलन भएको रकम बालबालिकाको शिक्षाको लागि खर्च गरिने कम्पनीले जनाएको छ । 

पहिलो चरणमा १० दिनसम्म संचालन हुने शिक्षाको लागि टेष्ट ड्राइभ अभियान सम्पूर्ण सहभागीले तोकिएको स्थानमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म टेष्ट ड्राइभको अवसर पाउनेछन। बाँकी कार्यक्रम त्यसपछिको आउँदा सातामा अन्य विभिन्न स्कुलमा संचालन हुने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved