डिसहोमको दशैं तिहार योजनामा ग्राहकलाई भारी छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2016 | 03:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

डीशहोमले 'यो उत्सब डिस होमले बन्छ महाउत्सव' योजना ल्याएको छ। हिन्दु धर्मावलम्बीको महान चाड बडा दशैँ तथा तिहारहर्षोल्लासका साथ मनाउने उद्देश्यले सो योजना ल्याएको कम्पनीले जनाएको छ। 

उक्त योजना अनुसार ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ पर्ने डिसहोमको हाइब्रिड एसडि कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गरी २ हजार ९ सय ९९ रुपैयाँमै जोड्न सक्ने छन् । 

डिस होमले हरेक वर्ष दशैँ र तिहारमा ग्राहकलाई आकर्षक ग्राहक योजना प्रदान गर्ने गरेपनि यो बर्ष दिइएको भारी छुट पहिलो पटक भएको कम्पनीका नायव महाप्रवन्धक कल्याण अधिकारीले बताएका छन। 'हामी ग्राहकहरुलाई सर्वसुलभ मूल्यमा यति गुनास्तरिय सेवा नेपालभर पुर्याउन सफल कम्पनी हौ' बजारमा उपलब्ध भएका ठूला साइजका एलइडी टेलिभिजनहरुमा टिभी हेर्नका लागि डिसहोमको विकल्प नभएको उनको दाबी छ।

ध्वनी र दृश्य दुबै गुणस्तरीय भएको डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । डिसहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रदान गर्ने प्लस मूभि च्यानल, विद्धार्थीहरुका लागि एजुकेसन च्यानल तथा इन्टरटेन्टमेन्ट च्यानल समेत रहेका छन्।   
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved