दशैंको मुखमा ४० प्रतिशत सम्म बढ्यो बस भाडा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 07:35:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एसी र सुपर डिलक्सको बस भाडा थप २० प्रतिशतले बढाईएको छ। आइतबार यातायात व्यवस्था बिभागमा सरकार र सरोकारवाला संघसंस्थाबीच  डिलक्स गाडीमा सामान्य भन्दा ४० प्रतिशतले बढी भाडा लिन सक्ने गरि सहमति भएको छ। 

यस अघि अन्य बसहरुले भन्दा २० प्रतिशतले बढी भाडा लिदै आएका डिलक्स गाडीहरुलाई सरकारले एसी र सुपर डिलक्स बसको भाडा थप २० प्रतिशत लिन सक्ने व्यवस्था गरेपछि अब दशैँमा घर जान चाहने यात्रीहरुले सामान्य भन्दा ४० प्रतिशत बढी भाडा तिर्नु पर्ने छ। 

यातायात व्यवसायीहरुको अधिकांश माग पुरा भएको छ। असोज १ देखिनै अग्रिम बुकिङ खुला गर्ने तयारी गरिएपनि यातायात व्यवसायीका मागहरु तत्काल सम्बोधन नहुँदा यात्रीहरुले थप शास्ती भोग्नु परेको छ। 

यस अघि अन्य बसहरुले भन्दा २० प्रतिशतले बढी भाडा लिदै आएका डिलक्स गाडीहरुलाई सरकारले एसी र सुपर डिलक्स बसको भाडा थप २० प्रतिशत लिन सक्ने व्यवस्था गरेपछि अब दशैँमा घर जान चाहने यात्रीहरुले सामान्य भन्दा ४० प्रतिशत बढी भाडा तिर्नु पर्ने छ। 

सामान्य गाडी भन्दा डिलक्सको भाडादर न्युन रहेको भन्दै यसलाई बढाउन आफुहरुले सरकारसंग माग राख्दै आएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बिजपाटीलाई बताए। 'डिलक्स गाडीले २० प्रतिशतले बढी भाडा लिन पाउने सहमति भएसंगै महंगोमा बस किनेर यात्रुलाई सुविधायुक्त तवरले यात्रा गराउने व्यावसायीले राहत पाउने भएका छन् ।’ सिटौलाले भने। 

सरकारले वाइफाई र एसी नै जडान नगरी यात्रीसंग महँगो भाडा असुल्ने डिलक्सलाई कारबाही प्रक्रिया अगाडी बढाएपनि सरकारको अनुगमन फितलो हुँदा एसी र वाइफाई नै जडान नगरिएका नामका डिलक्स गाडीहरुलाई भने यो नयाँ सहमतीले मालामाल बनाइदिएको छ। 

पोखरा देखि काठमान्डौ आउँने डिलक्सले प्रति व्यक्ति ५ सय रुपैयाँ र एसी सहितको डिलक्समा ६ सय भाडा उठाउदै आएका छन। सरकारसंग भएको २० प्रतिशत भाडा बढाउने सहमतिले दशैँमा घर जान चाहनेहरुका लागी आर्थीक भार थपिएको छ। 

त्यस्तै २० प्रतिशत भाडा बढाउने सहमतिले काठमाडौंबाट झापाको काँकडभिट्टा जाने सुपर डिलक्स गाडीले झण्डै १५ सय रुपैयाँ लिन पाउने छन। त्यसो त हरेक बर्ष सरकारको फितलो अनुगमन र यातायात व्यवसायीको चरम लापरबाहीका कारण यात्रीहरुले तोकिएको भन्दा कयौं गुणा महँगो भाडा तिर्न बाध्य छन।        
  
आइतबार भएको सरकार र यातायात ब्यवसायीबीच भएको वार्तामा ग्रामिण भेगमा रुट परमिट फिर्ता, कलंकी देखि नागढुंगा सडक स्तरोन्नति, डिलक्स गाडीमा  २० % भाडा वढ्ने, मुग्लिंग नारायण खण्ड निर्माण कार्य रोकेर त्यो बाटोमा ५० ट्रक भन्दा वढी गीटि हाल्ने, लगायतका अधिकांश माग पुरा भएको छ। सहमति भएसंगै असोज ७ देखि टिकट बुकिङ खुला हुने यातायात व्यवसायी राष्ट्रिय महांसघका महासचिव  सीटौलाले जानकारी दिएका छन।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved