ईन्टरनेट, टेलिभिजन र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले दशैँ तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई दशैँ तिहार योजना प्रस्तुत गरेको छ।
सुबिसु केबलनेटले ल्याएको यस योजना अन्तर्गत ग्रहकले ग्राहकवर्गले प्रस्तुत गरिएका ईन्टरनेट र क्लियर टिभी प्याकेजको खरिदमा निशुल्क क्लियर टिभी एच डी सेटअपबक्स र वायरलेस केवल मोडेम प्राप्त गर्न सक्नेछन्।
यस योजना अन्तर्गत क्लियर टिभी अफर २ हजार ९ सय ९९, केवल इन्टरनेट अफर ५ हजार ९ सय ९९ , केवल इन्टरनेट तथा क्लियर टिभी कम्बो अफर ५ हजार ९ सय ९९ शुल्क तोकिएको छ। साथै अनलिमिटेड केवल इन्टरनेट र क्लियर टिभी कम्बो अफर ७ हजार ९ सय ९९ र एफटिटिएच इन्टरनेट, क्लियर टिभी कम्बो अफरको मूल्य ९ हजार ९ सय ९९ तोकिएको छ।
सिमित अवधिका लागी ल्याइएका यी योजनाहरुमा सर्तहरु लागू हुने सुबिसुले जनाएको छ। ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार ईन्टरनेट, क्लियर टिभि र ईन्टरनेट र क्लियर टिभिको कम्बो प्याकेज खरिद गर्न सक्ने जनाइएको छ।