यसरी गर्नुस सुबिन भट्टराईको 'मनसुन' प्रि अर्डर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2016 | 03:14:15 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित लेखक तथा उपन्यासकार सुविन भट्टराईको चौथो कृति तथा तेस्रो उपन्यास 'मनसुन' शनिबार सार्बजनिक हुदै छ । अघिल्ला दुई उपन्यास 'समर लभ' र 'साया' बाट चर्चामा आएका भट्टराईको 'मनसुन' भोली प्रज्ञा प्रतिष्ठान कमलादीमा बिमोचन हुन् लागेको हो । 

भट्टराईले बिमोचन समारोहमा पाँच जना विशेष पुरस्कार दिने पनि बताएका छन्  । उनले आफ्ना पाठकलाई   #Monsoon लेखेर आफ्नो विचार व्यक्त गर्न भनेका छन् । उनले शिर्ष ५ 'इन्टर्याकस्न' हुने विचारलाई पुरस्कार दिने बताएका हुन्  ।  

साथै कृति प्रि अर्डर गर्न सकिने समेत उनले जानकरी दिएका छन्  । बुक वर्म डटकममा गएर प्रि अर्डरको गर्न सकिने र त्यसको मूल्य २ सय ७० पर्ने उनले जानकारी दिएका हुन्   । विदेशमा बस्नेहरुका लागि भने थप रकम लाग्ने छ   । 

मनसुनको कभरमा पनि समर लभ र सायामा जस्तै मोडलको तस्बिर राखिएको छ। किशोर कायस्थले तयार पारेको कभरमा प्रियंका रानी जोशी देखिएकी छन्। भट्टराईका अनुसार प्रज्ञा प्रतिष्ठान डबलीको साया विमोचन गरिएको ठाउँबाटै मनसुनको विमोचन गरिनेछ। पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याउन लागेको हो।

कृतिबारे उनले यस्तो लेखेका छन् ' 

सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु ।

यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ?

र, सोच्ने गर्थें, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?

एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।

नाच्न पनि को–को आएनन् मेरो मनमा ! मानौं, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।

तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा–अधुरा । आआफ्नो भाग्यको कुरा ।'

वातावरण विज्ञानमा स्नातकोत्तर गरेका सुबिन भट्टराई अध्यापन गर्छन् । पुस्तकाकारको रुपमा उनको पहिलो कृति “कथाकी पात्र” २०६७ सालमा प्रकाशित भएको हो । उनको उपन्यास “समर लभ” (२०६९) र “साया” (२०७१) बेस्टसेलर कृतिको सूचीमा पर्दछन् । “समर लभ” अङ्गे्रजीमा अनुदित भएको छ । उनी कान्तिपुर साप्ताहिकका स्तम्भकार हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved