पुनर्जीवन पाएको औषधि लिमिटेडको स्वामित्व परिवर्तन हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2016 | 06:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल औषधि लिमिटेडको ३३ प्रतिशत शेयर निजि क्षेत्रलाई दिने तयारी गरेको छ। ६ बर्षपछी नयाँ जिबन पाएको नेपाल औषधि लिमिटेडलाई व्यवस्थित गरि दीर्घकालीन रुपमा अघि बढाउने तयारी अनुरुप निजि क्षेत्रलाई शेयर दिन लागिएको हो।

सरकारी उद्योग पुन संचालनमा ल्याउनका लागी गठित ड़ा पुष्कर बज्राचार्यको समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा निजि क्षेत्रलाई २० देखि ३३ प्रतिशत शेयर दिने तयारी गरिएको जनाइएको छ। निजि क्षेत्रसंगको सहकार्यमा कार्यसंचालन र इक्विटी शेयरको बिषयमा छिट्टै प्रस्ताव आब्हान हुने बताइएको छ।

पूर्ण रुपमा खुला प्रतिस्पर्धामा जाने र प्राप्त उत्कृष्ट प्रस्ताबलाई संचालनमा ल्याउने तयारी गरिएको छ। इक्विटी शेयर लिने संस्थालाई नै कम्पनीको व्यवस्थापनको जिम्मा पाउने भएको छ। ६ बर्षपछी संचालनमा ल्याइएको नेपाल औषधि लिमिटेडले तत्काल ८ प्रकारको औषधि उत्पादन गर्ने छ। सोमबार कम्पनीको भ्रमणमा रहेका मन्त्री नविन्द्र राज जोशीलाई सिटामोल लगायतका ८ प्रकारका औषधि उत्पादनको सफल परिक्षण देखाइएको छ।

 

निजि क्षेत्रसंगको सहकार्यमा सरकारले टप ७० प्रकारका औषधि उत्पादन गर्ने जनाइएको छ। नेपाल औषधी लिमिटेडले उत्पादन गरेको सबै औषधी सरकारले खरिद गर्ने छ। स्वास्थ्य मन्त्रालयले जीवनजल ४ रुपैयाँ २५ पैसा, सिटामोल ३५ पैसा प्रति ट्यावलेट र ४०० एमजीको एल्वेन्डाजोल ३० पैसामा किन्ने समझदारी भइसकेको छ।

सामान्यतया बजारमा जीवनजलको १२ रुपैँया, सिटामोलको प्रति ट्यावलेट एकदेखी एक रुपैयाँ ५० पैसासम्म र एल्विन्डाजोलको दश रुपैयाँ पर्दछ। हाल नेपाल औषधि लिमिटेडमा कार्यरत ९७ जना कर्मचारी मध्ये अधिकांश कर्मचारी प्रसाशनिक रहेकाले सरकारले १९ जना प्राबिधिक कर्मचारी थप्ने जनाएको छ। दक्ष जनशक्ति ल्याउन प्रोत्साहन स्वरूप पुराना कर्मचारीले चाहेमा स्वेच्छिक अवकास कार्यक्रम (भिआरएस) लिन सक्ने व्यवस्था समेत रहेको बताइएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved