मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पराजुली निर्वाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2016 | 09:07:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुली पुन निर्वाचित भएका भएका छन। संघको सातौ बार्षिक साधारण सभाले आगामी दुई बर्षको कार्यकालका लागी पराजुलीलाई सर्वसम्मत निर्वाचित गरेको जनाइएको छ। 

प्रविण रमन पराजुली, प्रमुख कार्यकारी अधिकृत, नबिल इन्भेष्टमेन्ट बैंकिंङ

त्यस्तै संघको उपाध्यक्षमा नागरिक लगानी कोषका उप–व्यवस्थापक रोशनजङ्ग कार्की, महासचिवमा एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापा, कोषध्यक्षमा एनसिएम मर्चेन्ट बैंकिंगका प्रबन्धक निर्देशक विजय लाल श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकाल र नेशनल मर्चेन्ट बैंकरका प्रबन्धक निर्देशक नबिन बास्कोटा निर्वाचित भएका छन् । 

संघको अध्यक्षमा पुन: निर्वाचत भएका पराजुलीले आगामी दिनमा नियमन निकाय लगायतका सम्बन्धित सबै पक्षहरुसंग समन्व गरी मर्चेन्ट बैंकिंङ क्षेत्रको कार्य बिस्तार सेवालाइ थप गुणस्तरीय बनाउने बताएका छन। पछिल्लो पटक धितोपत्र बोर्डले दिएको निर्देशनको पालना मर्चेन्ट बैंकहरुले  कसरी गर्छन भन्ने हेर्न भने बाँकी नै छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved