५ दिनमा ८० हजारले मोबाइल एक्स्पो अवलोकन गरे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2016 | 10:02:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र पुरस्कार भएको सामसुङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ मा अबलोकनकर्ताको चासो डेढ दर्जन सर्भिस सेन्टरमा बढेको छ ।

एकै छाना मुनि डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वन प्लस वन, एमआई, सामसुङ, सेल्कन, टचकन, किवी, वीनकम,फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।

शुक्रबार देखि सुरु भएको एक्स्पोमा ५ दिन सम्म ८० हजारले अलवोकन गरिसकेका छन्। एक्स्पोमा भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकन कर्ताहरुले बिशेष जानकारी मागिरहेका छन्।

असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेका छन् । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिईएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved