कुमारी बैंक र कामना विकास बैंकको शेयर कारोबार खुला, कस्तो छ यी बैंकका शेयरमा लगानीकर्ताको चाप ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 11:47:15 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक र कामना विकास बैंक लिमिटेडको शेयर कारोबार बिहिबार देखि खुला भएको छ। नेपाल कमर्शियल बैंक सहित अन्य ४ वित्तीय संस्थासंगको मर्जरमा जाने निर्णय गरेपछि रोकिएको कुमारी बैंकको शेयर कारोबार आज देखि खुला भएको हो भने कामना विकास बैंक र कास्की फाइनान्स लिमिटेडको सफल मर्जरपछी कामना विकास बैंकको नाममा शेयर कारोबार खुला भएको हो।

कुमारी बैंक


असार १५ मा बसेको कुमारी बैंकको बिशेष साधारण सभाल मर्जरमा नजाने निर्णय पारित गरेपछी नेपाल कमर्शियल बैंक सहित अन्य ४ वित्तीय संस्थासंगको  मर्जर प्रक्रिया तोडिएको थियो।  

कुमारी बैंकले गत आर्थिक बर्ष शेयरधनीहरुलाई वितरण गरेको ११ प्रतिशत बोनस सेयर पछिको समायोजित मूल्य प्रति कित्ता ३४७ रुपैयाँ कायम गरिएको छ भने आधार मूल्य ३७४ रुपैयाँ कायाम गरिएको नेप्सेले जनाएको छ। 

मर्जर तोडीएपछि चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अनुसार कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ।  बैंकको असोज ९ मा बसेको ७४ औ संचालक समितिको बैठकले शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको हो।  

५० प्रतिशत हकप्रद वितरणपछी बैंकको चुक्ता पुंजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्ष ७४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले गत आर्थिक बर्षको कमाइबाट आफ्ना शेयरधनीलाई दिने प्रतिफल घोषणा गर्न भने बाँकी नै रहेको छ। 

कामना विकास बैंक


कामना विकास बैंक र कास्की फाइनान्स लिमिटेडको सफल मर्जरपछि बनेको राष्ट्रिय स्तरको कामना विकास बैंकको शेयर  (KMBL) को संकेतमा कारोबार खुला भएको नेप्सेले जनाएको छ।

कामना विकास बैंकले गत आर्थिक बर्ष शेयरधनीहरुलाई वितरण गरेको २२ दशमलब ६० प्रतिशत बोनस शेयर पछिको समायोजित मूल्य प्रति कित्ता २६९ रुपैयाँ र आधार मूल्य २१३ रुपैयाँ कायम गरिएको छ। 

सफल मर्जरपछि राष्ट्रिय स्तरको विकास बैंक बनेको कामना विकास बैंकको चुक्ता पुंजी ६६ करोड १६ लाख रुपैयाँ पुगेको छ। बैंकले गत आर्थिक वर्ष १७ करोड ११ लाख ८० हजार रुपैंया खुद नाफा आर्जन गरेको थियो। बैंकले गत आर्थिक बर्षको कमाइबाट आफ्ना शेयरधनीलाई दिने प्रतिफल घोषणा गर्न भने बाँकी नै रहेको छ।  

 


 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved