सानिमाले बिपन्न कर्जा प्रवाहलाई सबल बनाउने, कालिकोटमा नयाँ शाखाको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 05:44:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेड र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच मध्य र सुदुर–पश्चिमका १३ जिल्लाहरुमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागि साझेदारी भएको छ। 

सो साझेदारी पत्रमा सानिमा बैंकका तर्फबाट सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र यु.के.ऐड सक्षमका तर्फबाट टिम लिडर बलजित बोहराले हस्ताक्षर गरेका छन् ।

त्यस्तै कृषि र साना तथा मझौला कर्जा समेट्नका लागी सानिमा बैंकले कालिकोटमा नयाँ शाखा संचालन गर्ने जनाएको छ। यस कार्यक्रम अन्तर्गत लक्षित जिल्लाहरु झापा, धादिङ्ग, चितवन, सुनसरी, बांके, सखुंवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट रहेका छन। 

कालिकोटमा प्रस्तावित उक्त शाखाले बैंकको निक्षेप सकंलन तथा कर्जा प्रदान गर्ने सुविधा लगायत अन्य थप बैंकिङ्ग सेवाहरु ग्रामिण भेग सम्म पुर्याने योजना रहेको छ । बैंकले उपरोक्त जिल्लाहरुमा अवस्थित शाखाहरुबाट विपन्न वर्गमा समर्पित भएर काम गर्न आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ । 

सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले सानिमा बैंक स्थापनाकाल देखि नै बिपन्न वर्ग कर्जामा लगानी गर्दै आएको र आगामी दिनमा समेत उक्त क्षेत्रमा लगानी बढाउदै जाने योजना रहेको बताए।  

यू.के. ऐड सक्षम का टिम लिडर बोहराले अन्य बैंक तथा वित्तिय संस्थाबाट बित्तीय सेवा परिपूर्ति नभएका समुदायमा सानिमा बैंकको माध्यमबाट सेवा प्रदान गर्न सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।    

नेपाल राष्ट्र बैंक लघुबित्त बिकास सुपरिवेक्षण विभागका निमित्त प्रमुख बलराम पराजुलीले विपन्न वर्गलाई आर्थिक रुपले सवल बनाउने कार्य सुपरिवेक्षण सस्थाको मात्र नभएर समग्र वित्तीय क्षेत्रको सरोकारको विषय भएको बताए। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved