ग्राण्डलाई रोकेर प्रभु बैंकको मात्र शेयर कारोबार किन ? के भन्छ राष्ट्र बैंक ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 30, 2016 | 09:15:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र ग्राण्ड बैंक एकीकृत भएर कारोबार सुरु गरेको ६ महिना पछि नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशनले ग्राण्ड बैंकका लगानीकर्तालाई निरास बनाएको छ। 

बिश महिनादेखि रोक्का रहेको कारोबार कहिले खुल्ला भनेर बसेका लगानिकर्ता राष्ट्र बैंकको निर्देशनले हैरान भएका छन। एकीकृत कारोबार सुरु गरेको ६ महिना पछि धितोपत्र बोर्डलाई राष्ट्र बैंकले दिएको निर्देशनले बैंकहरु एकीकृत नै भएका होइनन कि भन्ने आभास भएको लगानीकर्ताले बताएका छन। 

लगानिकर्ता समेत रहेका शेयर विश्लेषक पुरुसोत्तम चिमौरिया त यस अघि प्राक्टिसमा नै नरहेको काम राष्ट्र बैंकले सुरु गरेको हो कि भनेर संका समेत ब्यक्त गर्दछन। उनि भन्छन-'राष्ट्र बैंकको निर्देशनले त ग्राण्ड र प्रभु बैंकको मर्जर नभएको जस्तो पो लाग्यो।' हुन पनि राष्ट्र बैंकले प्रभुको कारोबार गर्नु तर ग्राण्डको नगर्नु भनेर दिएको निर्देशनले यस्तै संदेश समेत दिएको छ। 

प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको शेयर मात्र कारोबार खुलाउनका लागि राष्ट्र बैंकले धितोपत्र बोर्डलाई भदौ १८ मा नै   निर्देशन दिएपनि असोज दोस्रो साता मात्र नेप्सेलाई कारोबार सुचारु गराउन पत्र पठाएको हो। 

प्रभु बैंकले केही समय अघि साविकको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गरेकोमा असोज १३ गते बिहिबारको कारोबारमा बैंकको ६४ लाख १७ हजार ७ सय ७० कित्ता हकप्रद शेयर सुचिकृत भएको छ। सुचिकृत भएका करिब ६४ लाख हकप्रद शेयर सहित असोज दोस्रो साता देखि रोक्का भएका प्रभु बैंकका शेयर आइतबार कारोबारमा आउने अनुमान सहजै गर्न सकिन्छ। 

राष्ट्र बैंक पनि यो बिषयमा खुलेर बोल्न सकिरहेको छैन। यसरि आंशिक कारोबारको निर्देशनले त उल्टै बैंक छुट्टा छुट्टै अस्तित्वमा रहेको बुझिएन र भन्ने हाम्रो जिज्ञासामा राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी बोल्न चाहेनन्। 'यो बिषयमा जानकारी नै छैन र म बोल्न नै चाहन्न' भन्दै प्रवक्ता पंगेनीले यो बारे थप केहि बोल्न चाहेनन्। 

यस अघि पनि राष्ट्र बैंकले प्रभुलाई बिशेष छुट दिदै आएको थियो। एकीकृत कारोबार गरेको ६ महिनासम्म पनि धितोपत्र बोर्डबाट कारोबार सुरु गर्न प्रभुले आनाकानी गर्दा राष्ट्र बैंकले मौन स्वीकृति दिएकै हो। 

प्रभुको कम्प्लेक्समा भाडादार भएर बसेको राष्ट्र बैंक घर मालिकको सवालमा मौन बस्दा खुला बजार भने गुमराहमा पर्ने पक्का छ। लामो समय कारोबार गर्न नपाएर प्रतिफल खान वा दायित्व बेहोर्न नपाएका लगानीकर्ताले भने राष्ट्र बैंक तथा वित्तीय संस्थाको अभिभावक नभएर प्रभु बैंकको भाडावाल मात्रै भएको हो कि भन्न थालि सकेका छन। 

चिमौरिया त आफैले स्वाप रेसियो कायम गरेर कारोबार अनुमति दिएको बिषय नै भुलेर अस्तित्वमै नभएको ग्राण्ड बैंकलाई राष्ट्र बैंकले ब्युताउन थालेको होकी भनेर शंका समेत गर्दछन। उनि भन्छन -'सात महिना अगाडी बाटै अस्तित्व सिद्दिएको ग्राण्ड बैंकलाई राष्ट्र बैंकले जन्माउदै छ कि ? 

झन्डै पौने दुई बर्षदेखि कारोबार रोक्का गरिंदाको पिडाले ग्राण्ड बैंकका लगानीकर्तामा निराशा त छाएको नै छ अर्का तिर मर्जरलाई प्राथमिकतामा राखेर बैंक तथा वित्तीय संस्थालाई बलियो र सबल बनाउने राष्ट्र बैंकको यस प्रकारको निर्णयले भने लगानिकर्तालाई झनै निराशा बनाइ दिएको छ। हेर्न बाँकी नै छ , ग्राण्ड बैंकका लगानीकर्ता तथा सम्बन्धित सरोकारवालाहरुले राष्ट्र बैंकको यो कदमको प्रतिक्रिया कसरी दिन्छन ?

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved