तारा एयरद्वारा २.६ टन फोहोर संकलन, फोहोर काठमार्डौं महानगरपालिकालाई हस्तान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2016 | 05:29:00 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरले सागरमाथ क्षेत्रको फोहोर मैला व्यवस्था गर्ने भएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तारा एयरले सगरमाथा प्रदुषण नियन्त्रण समितिसँगको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने भएको  जनाइएको छ। 

समितिले बार्षिक रुपमा १२ टन फोहोर संकलन गर्ने लक्ष्य राखेकोमा २।६ टन मात्र संकलन गर्न सफल भएको जनाएको छ। सगरमाथा प्रदुषण नियन्त्रण समितिसँग सहकार्य गरेर लुक्ला विमानस्थलबाट फोहोर ल्याएर उपयुक्त डिसफोजलको लागि काठमार्डौं महानगरपालिकालाई जिम्मा लगाइने तारा एयरले जानकारी दिएको छ।  

यसअघि पनि ताराले उक्त समिति हिमालयण क्लबसँगको सहकार्यमा १७ टन खाली वियरका बोतल डिस्पोजलको लागि काठमाडौं ल्याएको थियो । उक्त फोहर व्यवस्थापनको लागि समति र तारा एयरबीच गत जुन १६ मा सम्झौता भएको थियो।

समितिले सन् १९९१ देखि सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्नका लागि काम र पहल गरिरहको छ। समितिले सो क्षेत्रमा चल्ने ट्रेकिङ रुटमा पनि सरसफाइ गरिरहेको जनाएको छ।
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved