बाग्लुङमा लक्ष्मी बैंकको ५५ औ शाखा कार्यालय संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2016 | 04:58:33 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक लिमिटेडले आफ्नो ५५ औ शाखा कार्यालय बाग्लुङमा संचालनमा ल्याएको छ। आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवामा सहजता पुर्याउने लक्ष्य अनुरुप बाग्लुङ नयाँ शाखा कार्यालय संचालनमा ल्याइएको बैंकले जनाएको छ। 

५५ शाखा कार्यालयको रुपमा बाग्लुङमा संचालनमा ल्याइएको सो शाखा कार्यालयबाट ग्राहकहरुलाई सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ । 

बैंकले व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ । बाग्लुङमा नयाँ शाखा कार्यालय संचालनमा आएसंगै बैंकको शाखा संख्या ५५ पुगेको छ। हाल बैंकले आफ्ना ग्राहकहरुलाई २ विस्तार काउन्टर र ७५ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved