एनसेलले ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रालिका सञ्चालक प्रेम कृष्ण श्रेष्ठलाई उपहारमा मोटरसाइकल प्रदान गरेको छ । एमपि मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो ।
एक कार्यक्रममाझ श्रेष्ठलाई एनसेलको बागमति सेल्स टिमले सो बाइक उपहार प्रदान गरेको थियो । सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवर्द्धन गर्न प्रोत्साहन गर्ने हेतुले एनसेलले सुरु गरेको ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत श्रेष्टलाई सो उपहार प्रदान गरिएको हो।
एनसेलको यस योजना अन्तर्गत रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रालि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो ।
यसअघि यो योजनाअन्र्तगत मित्रनगर, नयाँबसपार्कमा -काठमाडौं रहेको लमजुङ्ग कम्युनिकेशनका सञ्चालक दिनेश दुराले मोटरसाइकल र दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठले स्कुटर उपहार पाएका थिए ।