एप्पल वल्र्डको 'दशैंतिहार डबल अफर', मोबाइलको अनलाइन कारोबार सुबिधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2016 | 08:58:29 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले बडा दशैं तथा दिपावलीको अवसर पार्दै मोबाइल खरीद गर्ने ग्राहकलाई “दशैंतिहार डबल अफर”उपहार योजना ल्याएको छ ।

अत्याधुनिक मल्टिब्राण्ड सोरुमबाट विभिन्न कम्पनीहरुका मोबाइल सेटको कारोबार गर्दै आएको एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकहरुमध्ये  एक जनालाई प्रथम पुरस्कार स्वूप यामाहाको फसिनो स्कुटर, दोस्रो पुरस्कार सामसुङको ४० इञ्चको एलइडी टेलिभिजन र तेस्रो पुरस्कारमा हुवावेको पि९ स्मार्टफोन बितरण प्रदान गर्ने एप्पल वल्र्डका मेनेजर आरपी सिंहले जानकारी दिए ।

यसैगरि, सान्त्वना पुरस्कार स्वरुप नेपालमा उपलब्ध सबै मोबाइल कम्पनीहरुका एक÷एक सेट बितरण गरिने मेनेजर सिंहले बताए । 

विभिन्न मोबाइल कम्पनीहरुले दिएका बिभिन्न अफर, स्क्र्याच, लक्की ड्र सँगै एप्पल वल्र्डले पनि आफ्ना ग्राहकहरुलाई थप अफर दिएर डबल अफर बनाएको सेल्स मेनेजर दिपिका थापा मगरले जानकारी दिइन । 

यसका अलावा एलजीको एल६०, एलबेलो, इन्टेक्सको स्टार २ लगायताका बिभिन्न कम्पनीका भिन्न मोबाइल सेटमा ५० प्रतिशत सम्म छुट गरेको र यो छुट योजना स्टक रहुन्जेल सम्म लागू हुने एप्पल वल्र्डले जनाएको छ ।

एक्सक्लुसिभ सोरुम मार्फत लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबार र मोबाइल एक्सचेन्जमा ख्याती कमाएको एप्पल वल्र्डले ६० मिनेट केयर सर्भिस पनि सँचालनमा ल्याएको छ ।

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको मल्टिब्राण्ड सोरुमबाट मोबाइलको अनलाइन कारोबार पनि गरिरहेकोले समय अभाव हुनेहरुले अनलाइन मार्फत फाइदा कारोबार गर्न सक्ने बताइएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved