अवरुद्ध राहुघाट जलविद्युत् आयोजना अझै अन्यौलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2016 | 07:04:03 PM मा प्रकाशित

laxmi  sunrise bank

राहुघाट जलविद्युत् आयोजनाको अन्यौलता कायमै रहेको छ । निर्माण सम्पन्न हुने समयसम्म पनि मुख्य काम सुरु हुन नसक्दा गत वर्ष भारतीय ठेकेदार कम्पनी आइभिआरसिएलसँगको सम्झौता तोडेर नयाँ प्रक्रिया सुरु गरिएको थियो । तर अहिलेसम्म आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

फाइल फोटो

विसं २०६६ देखि पिप्ले गाविसमा निर्माण प्रक्रिया सुरु भएको आयोजनाको परामर्शदाता नियुक्तिमा ढिलाइ हुनु र ठेकेदारको कमजोर आर्थिक अवस्थाका कारण अहिलेसम्म नौ प्रतिशत मात्रै भौतिक प्रगति र १६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

झिँ र दग्नाम गाविसको सिमानामा बाँध तथा पिप्ले गाविसको तिल्केनीचौरमा विद्युत्गृह निर्माण गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले आयोजनाको पुनःसर्वेक्षण गरी ३२ मेगावाट क्षमता बढाएर ४० मेगावाट बनाई सिभिल निर्माणको लागि ठेक्का प्रस्ताव आह्वान गरेको छ । ठेक्का प्रक्रिया अगाडि बढे पनि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले कर छुटको सर्त अघि सारेपछि आयोजना थप समस्यामा परेको छ । आयोजनाको ठेक्काको लागि सात वटा कम्पनीले प्रस्ताव पेस गरिसकेका आयोजनाका निमित्त प्रमुख रमेशमान श्रेष्ठले बताए ।

ठेक्का प्रक्रिया लम्बिँदा करिब दुई वर्षदेखि अवरुद्ध आयोजना सुचारु हुनेबारे अझै निक्यौल हुन सकेको छैन । जनताको समेत सेयर रहने गरि प्राधिकरणअन्तर्गत सहायक कम्पनी गठन गरी कम्पनी मोडलमा निर्माण गर्न लागेको यस अयोजनाको लागत रु नौ अर्ब १७ करोड २६ लाख रहेको छ ।

“दाताले ऋण अनुदानमा सरकारले कर छुट दिनुपर्ने सर्त राखेको छ, उसको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन, मन्त्रालयले प्रस्ताव स्वीकृत नगरेको विषयमा दातालाई पत्राचार गरेका छौँ, तर अहिलेसम्म जवाफ आएको छैन,” उनले भने । पुरानो ठेकेदार कम्पनीले आयोजना स्थलमा राखेका विभिन्न सामग्री समेत अहिलेसम्म हटाएको छैन । आयोजनाको क्रसर उद्योग, मजदुर आवास क्याम्प र सुरुङमार्ग क्षेत्रमा रहेका सामग्री अहिले अल्पत्र अवस्थामा छन् । रासस

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved