एनबिआईको लाभांस पारित, आगामी बर्षबाट लेभल टु कोर्ष

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 07, 2016 | 09:43:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबिआई) ले ५ प्रतिशत लाभांश दिने भएको छ। एनबिआईको असोज २० मा बसेको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको लाभांश पारित गरेको हो ।

आठौ बार्षिक साधारणसभाले आथिर्क वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७२/७३ को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरण छलफल गरी पारित गरेको छ।  

सभाले बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी बैंकिङ् सर्टि्फिकेट कोर्स अन्तर्गत लेभल वानको कोर्ष जुनियर एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युटको  सफल सञ्चालन पछि आगामी आर्थिक वर्षमा लेभल टु को कोर्ष चाटर्ड एसोसिएटस् अफ नेश्नल बैंकिङ् ईन्ष्टिच्युट थालनी गर्ने जनाएको छ।  

साथै संस्थाले नयाँ पुस्ताको बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आवश्यक रहेको आधुनिक बैंकिङ्ग प्रणाली सम्बन्धी ज्ञान तथा दक्षता अभिवृद्धिग र्ने विश्वासे लिएको छ । 

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले विगत ७ वर्ष देखि बैंकिङ्ग क्षेत्रसंग सम्बद्ध विभिन्न तालीम, सेमिनार तथा सम्मेलनहरुका आयोजना गर्दै आई रहेको छ । यस संस्थाले काठमाण्डौमा मात्र नभई देशका विभिन्न स्थानमा कार्यरत जनशक्तिलाई प्रशिक्षण गर्ने कार्य अनुरुपपूर्व मेचीदेखि देखि पश्चिम महाकालीसम्म तालीम कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved