भकारो सुधार कार्यक्रम प्रभाबकारी बन्दै, अर्गानिक उत्पादन बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2016 | 06:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ। तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालयको अगुवाइमा विभिन्न गाविसमा यो कार्यक्रम सुरु गरिएको हो।

कार्यालयले गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पुर्याैउन किसानलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । 

रासायनिक मलकै तुलनामा पशु मलमूत्रले उब्जनी हुने र खान पनि स्वस्थकर हुने भन्ने चेतना किसानमा आउन थालेपछि सो कार्यक्रमप्रति आकर्षण बढेको हो। 'आफ्नो गोठ सुधार गरेपछि खेर गइरहेको गाईभैँसीको गोबर र गहुँतको प्रभावकारिता बढ्दो रहेछ' जीतपुरका प्रेमसागर बरालले भने। 
 
गाविसहरु कृषि विकास कार्यालयसँग समन्वय गरेर किसानलाई अनुदानसहित भकारो सुधार कार्यक्रम सञ्चालन गरेका हुन्। बालीमा लाग्ने किरा नियन्त्रण गर्ने र माटोको उर्बराशक्ति बढाउने मुख्य उद्देश्य लिएर कृषि र गाविसको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको जीतपुर गाविसका सचिव युवराज घोसाइले जानकारी दिए। 

गाईभैँसीको गोबर र पिसाबलाई सङ्कलन गरेर रासायनिक मलको सट्टामा प्रयोग गर्न सकिने कृषि प्राविधिक बताउँछन्। यसका लागि भकारोलाई घामबाट जोगाउन छाप्रोको व्यवस्था गर्नुपर्ने हुन्छ । जीतपुरका ४२ घरधुरीलाई गोठ पूर्वाधारका निम्ति अनुदान सहयोग दिइएको छ। अगुवा किसानलाई लक्षित गरेर सुरु यो अभियान आगामी वर्षबाट गाउँभरि सञ्चालन गर्ने र अर्गानिक गाउँको रूपमा विकास गर्ने गाविसको दीर्घकालीन योजना रहेको सचिव घोर्साले बताए। 

जिल्लाका माइपोखरी, इलाम नगरपालिका, नामसालिङ, एकतप्पा, सूर्योदय नगरपालिका, गोदकलगायतमा यसअघि करिब ५०० जना कृषक सो कार्यक्रमबाट लाभ लिइ सकेका छन्। गत वर्ष कार्यालयले ३० जना किसानलाई सेवा दिएको कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्ले बताए। कार्यालयले गड्यौले मल उत्पादनमा पनि सघाउँदै आएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved