टिका थाप्न जाँदा सेना-प्रहरीको निशुल्क गाडी चड्ने हो ? यस्तो छ रुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2016 | 10:23:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले आज सोमबार अर्थात महानवमी देखि राजधानीमा सर्वसाधारणका लागि निशुल्क बससेवा संचालन गरेको छ। चाडपर्वको अवसरमा सार्वजनिक यातायात संचालन कम हुँदा सर्वसाधारण मर्कामा पर्ने भएकाले सेनाले बडादसैंको महानवमी, दशमी र एकादशीका दिन विभिन्न ८ ओटा रुटमा बस सन्चालन गर्न लागेको हो ।

 सेनाले आफ्नै सकल दर्जा (सैनिक र सैनिक परिवार)का लागि यस अघि नै लामो दुरीको सवारी साधन संचालनमा ल्याएको छ। सेनाले काठमान्डौबाट पूर्वमा इटहरीसम्म र पश्चीममा धनगढीसम्मका बिभिन्न ११ वटा स्थानका लागि लामो दुरीको सवारी साधन संचालनमा ल्याएको जनाएको छ। 

चाडपर्वको अवसरमा राजधानीबासी सर्वसाधारणको सुविधालाई मध्यनजर गरि नेपाल प्रहरीले काठमान्डौमा निशुल्क बससेवा संचालन गरेको छ। प्रहरीले राजधानीका तीनवटा रुटमा शनिबारदेखि बिहान १० बजे देखि बेलुका ७ बजेसम्म निशुल्क बससेवा संचालन गर्दै आएको छ। (रुटबारे पूर्ण जानकारी लिनका लागि यहाँ क्लिक गर्नुहोस) 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved