बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 03, 2016 | 12:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रति तोला ५७ हजार ३ सयमा कारोवार भएको छापावाल सुन आज बिहिबार तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी प्रति तोला ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ। अघिल्लो दिनको तुलनामा चांदी तोलामा ५ रुपैयाँले महंगिएको हो।

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार २ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय २० रुपैयाँ कायम गरिएको छ।
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved