‘किसान कल सेन्टरमा २५३ जिज्ञासा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 05:07:24 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’ मा ७ महिनाको अवधिमा २५३ फोन आएको छ । 

किसानलाई विभिन्न सेवा तथा सुविधा पुर्याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि सञ्चालनमा ल्याएको हो । गत वर्षको चैतदेखि असार मसान्तसम्म ५७ कल आए, त्यसमा २२ वटा सम्बोधन भएँ, बाँकी ३५ वटा कल सम्बोधन हुन नसकेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिए । 

“एउटै किसानले लामो समयसम्म प्रश्न गर्ने भएकाले उक्त ३५ वटा कल सम्बोधन गर्न असफल भयौँ”, उप्रेतीले भने , “चालु आर्थिक वर्षको हालसम्ममा १८३ कल आएका छन्, नार्कले यो सेवा सञ्चालनमा ल्याएपछि ४५ हप्ताको कार्यक्रम सम्पन्न गरिसकेको छ । ” 

नार्कले हरेक किसानको फोन कल सम्बोधन गर्न प्रत्येक व्यक्तिलाई १० मिनेट समय दिएको छ । हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म नेपालका विभिन्न जिल्लाका किसानबाट फोन आउँछ । एनटिसी र एनसेल प्रयोगकर्ता किसानले ११३५ नम्बर डायल गरी १२ देखि १४ जना कृषिविद्संग  आफ्ना जिज्ञासा राख्ने गरेका  छन् । 

“उप्रेतीले भने, “कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आफ्नो मनमा लागेका जिज्ञासा मेटाउनुहोस् भन्ने उद्देश्यका साथ नार्कले फोन कल प्रविधि अघि बढाएको हो ।”  


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved