आज पनि घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2016 | 12:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार  ९  सयले घटेर  ५५  हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज ५  सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ७  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। छापावाल सुन गत २४ गते ५८ हजार २ सयमा कारोबार भएको थियो । त्यसयता यसको मूल्य ५  दिनमा ३२  सयले घटेको छ । 

आज चाँदी भने  प्रति तोला ८ सय  रुपैयाँमा कारोबार भईरहेको छ।  यो अघिल्लो दिनको तुलनामा १०  रुपियाँले कम  हो । 

 

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार १ सय ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६    हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८६  रुपैयाँ  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved