अन्य देशकाे विदेशी मुद्रा सटही दर बढ्याे, मलेसियन रिंगिट भने अाेरालाे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2016 | 12:17:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  तोकेको विनिमय दर अनुसार आइतबार अन्य देशको मुद्राको भाउ बढेपनि मलेसियन रिंगिट भने ओरोलो लागेको छ । आज कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८७ पैसा र विक्रिदर ३० रुपैयाँ ३ पैसा छ भने युएई दिर्हाम एकको खरिद दर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९ रुपैयाँ ७७ पैसा तोकेको छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६२ पैसा र विक्रिदर २४ रुपैयाँ ७६ पैसा तोकेको छ । 

त्यसैगरी, एक साउदी रियालको खरिददर २९ रुपैयाँ र विक्रिदर २९ रुपैयाँ १६ पैसा रहेको छ भने  कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २२ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ५७ रुपैयाँ ५ पैसा र विक्रिदर ३ सय ५९ रुपैयाँ २ पैसा छ त्यसैगरी एक बहराइन दिनारको खरिददर २ सय ८८ रुपैयाँ ४८ पैसा र विक्रिदर २ सय ९० रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved