एनएमबि बैंकले थाल्यो कर्पाेरेट इन्टरनेट बैंकिङ्ग सिस्टम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 07:59:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले एनएमबि कर्पाेरेट इन्टरनेट बैंकिङ्ग सिस्टमको थालनी गरेको छ। कर्पोरेट ग्राहकहरुको सुविधालाई मध्ये नजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ्ग सिस्टमको थालनी गरेको बैंकले जनाएको छ । 

कर्पाेरेट ग्राहकलाई बिश्वको कुनै पनि ठाउँबाट बैंकिङ्ग खाताको बिवरण हेर्न तथा सुरक्षित कारोबारका प्रक्रियालाई थप सरल तथा सुरक्षित बनाउने उद्देश्यले यो सिस्टम ल्याइएको जनाइएको छ। 
 
यो प्रणालीबाट ग्राहकहरुले हरेक कारोबारको टु फ्याक्टर अथेन्टिकेसन, सिग्नेचर म्याट्रिक्स प्रबिधिबाट कारोबार प्रमाणिकरण, तथा हरेक कारोबारको प्रत्यक्ष बिवरण हेर्न सक्नेछन्।

भरपर्दो तथा सुरक्षित सुविधा रहेकोे र यस्तो सिस्टम नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको बैंकको दाबी रहेको छ। 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved