पुरानो कपडाबाट मासिक तीन लाख आम्दानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 01, 2016 | 08:14:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कपडा पुरानो भएर लाउन नमिल्ने भएपछि तपाईं के गर्नुहुन्छ ? यो प्रश्नको जवाफ सामान्यतया फाल्छौँ भन्ने आउला । तर हेटौँडा उपमहानगरपालिकामा भने सिरक डसना बनाउछौँ भन्ने जवाफ आउन थालेको छ । 


 
हेटौँडा उपमहानगरपालिका–८ का कमानसिंह लामाको हेटौँडा कपास उद्योगमा पुराना कपडाको कपास बनाउन आउनेको भिड लाग्दछ । होटल व्यवसायबाट मनग्य आम्दानी नभएर वैदेशिक रोजगारको सपना देख्न थालेका लामालाई आफन्तले थोरै लगानीमा गर्न सक्ने यस्तो व्यवसायको बारेमा सुझाएपछि आफन्तसँग ऋण मागेर उहाँले हेटौँडा कपास उद्योग सञ्चालन गरे। 
 
डेढ वर्ष अगाडि खोलेको सो उद्योगबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको लामा बताउछन् । करिब रु १५ लाख लगानीबाट सुरु गरेको उक्त उद्योगले १० जनालाई रोजगारी दिएको छ । 

एक किलो कपडा पेल्न उनले  रु १८ लिन्छन । पुरानो कपडा नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा हाल्ने गरेको यहाँका बासिन्दा अहिले पेलेर डसना बनाउन थालेका छन् । “पैसाको बचत भएको छ,” हेटौँडा–४ की सुजता मैनालीले भनिन – “फोहरको गाडीमा कपडा हाल्न कस्तो माया लाग्थ्यो, राख्ने ठाँउसम्म हुन्नथ्यो तर बल्ल यसको सदुपयोग भएको छ ।”

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved