कालिका माईक्रोक्रेडिटको प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त      

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2016 | 10:00:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त भएका छन। स्याङ्गजाको वालिङ बजारमा केन्द्रीय कार्यालय रहेको कालिका माइक्रोक्रेडिटमा बोहरालाई आगामि ४ बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जनाइएको छ। 

नब नियुक्त सिइओ बोहराले यसै मङ्सिर १५ देखि कालिका माइक्रोक्रेडिटको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका छन। बोहरा २०५० साल मंसिरबाट तत्कालिन सुदुर पश्चिमाअञ्चल ग्रामिाण बिकास बैंक (हाल नेपाल ग्रामिण बिकास बैंक ) मा सहायक प्रथम पदबाट बैंकिङ् करियर सुरु गरेका हुन। 

त्यस्तै २०५४ साल असारमा पश्चिमाञ्चल ग्रामिण बिकास बैंक (हाल नेपाल ग्रामिण बिकास बैंक) को अधिकृत स्तरको पदमा काम गरी करिब १७ बर्ष लघु बित्त क्षेत्रको अनुभव बटुलेका बोहराले बुटवलमा रहेको नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको कार्यकारी तहमा ३ बर्ष  भन्दा बढि समय काम गरेका थिए।

 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved