५० हजार राशीको मेक्स फाइनान्सियल क्युज क्वेस्टको उपाधि स्कुल अफ म्यानेजमेन्टलाई 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2016 | 08:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेडद्धारा आयोजित मेक्स फाइनान्सियल क्युज क्वेस्ट (एमएफक्युक्यु) प्रतियोगितामा स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वबिद्यालय प्रथम भएको छ। स्कुल अफ म्यानेजमेन्टबाट सहभागिता जनाएका प्रथम भएका अनुषा न्यौपाने, जनक सिंह धामी र दिवस उपाध्यायको टोलिले नगद रु ५० हजार सहित अन्य उपहारहरु हासिल गरेको मेक्स नेपालले जनाएको छ। 

बसन्त सापकोटा, महेश अर्याल र श्वेता तिमिल्सिनले सहभागिता जनाएको एपेक्स कलेजले द्धितिय अपाधि हासिल गर्दै नगद रु २५ हजार सहित अन्य उपहार जित्न सफल भएको छ । यस प्रतियोगितामा विभिन्न व्यवस्थापन कलेज तथा विश्वविद्यालयका २० वटा समुहहरु बिच प्रतिश्पर्धा भएको थियो।
 
वित्तिय साक्षरता अभियानको रुपमा मेक्स नेपालले मंसिर १८ गते शनिबार यस कार्यक्रमको आयोजना गरेको हो। यो कार्यक्रम व्यवस्थापन संकायका स्नातक तथा स्नातकोत्तरका विद्यार्थिहरु बिचको अन्तर कलेज हाजिरि जवाफ प्रतियोगिता हो ।

राष्ट्रिय तथा अन्तर्राट्रिय वित्तिय क्षेत्रसंग सम्वन्धित प्रश्नहरुमा आधारित यो हाजिरि जवाफ प्रतियोगिता नेपालमा गरिएको एक नौलो अभ्यास रहेको मेक्स नेपालको दाबी छ। काठमाडौं कलेज अफ मेनेजमेन्टको प्रांगणमा आयोजना गरिएको सो कार्यक्रममा व्यवस्थापन संकायका विद्यार्थिहरुको ठुलो सहभागीता रहेको थियो । 

मेक्स नेपालले यस प्रतियोगिताको पहिलो संस्करण २०७२ साल आश्विन २ गते आयोजना गरेको थियो । यो प्रतियोगिता मेक्स नेपालले वार्षिक रुपमा आयोजना गर्ने लक्ष्य लिएको छ । प्रतियोगिताबाट प्राप्त सफलताले आउदो वर्ष नयाँ संस्करणको लागी थप उत्साह प्रदान गरेको मेक्स नेपालले जनाएको छ।
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved