शाखा अधिकृतको तयारी कसरी गर्ने ? पढ्नुस नेपाल सरकारका सह-सचिबका टिप्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2016 | 08:21:40 AM मा प्रकाशित

laxmi  sunrise bank

पाठ्यक्रमको संक्षिप्त परिचय
सह-सचिब,नेपाल सरकारलोक सेवा आयोगले संयुक्त तथा एकीकृत परीक्षा प्रणाली (Integrated and Unified Examination System) अनुसार राजपत्रांकित तृतीय श्रेणी  (शाखा अधिकृत वा सो सरह को पदका लागि पाठ्यक्रम तय गरेको छ । जसलाई लिखित परीक्षा (प्रथम चरण र द्वितीय चरण) तथा अन्तिम चरण (सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता) गरी दुई भागमा विभाजन गरिएको छ ।

अप्राविधिक (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद) सेवाका सबै समुहको लागि निर्धारण भएको लिखित परीक्षाका अतिरिक्त नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवाका को लागि अतिरिक्त पत्र समेत थप समावेश गरिएको छ । संयुक्त र एकीकृत परीक्षा प्रणालीको आधारमा माथि उल्लिखित सेवाका सबै समुहको लागि प्रथम, द्वितीय र तृतीय पत्र÷विषयको विषयवस्तु एउटै (Common) र अनिवार्य गरेको छ । तर चतुर्थ पत्र ऐच्छिक विषय लोक सेवा आयोगको तालिकामा दिइएका १८ वटा विषयहरु मध्ये कुनै एक विषय मात्र छनौट गर्न पाउने व्यवस्था छ । चतुर्थ पत्र ऐच्छिक विषय MCQ मा आधारित छ ।

लिखित परीक्षा अन्र्तगत पहिलो चरण १०० पूर्णांक र दोश्रो चरण ३०० पूर्णाकंको परीक्षा लिने व्यवस्था छ । पहिलो चरण (प्रथम पत्र) अन्तर्गत प्रशासनिक अभिरुचि परीक्षण वस्तुगत (Multiple Choice Questions)आधारमा गरिन्छ । जसमा सामान्य सचेतना, Aptitude test, अँग्रेजी भाषा सम्बन्धि ज्ञान जस्ता विषयवस्तु समेटिएका  छन् । 

छनौटका चरणहरु
सबैभन्दा पहिले लोक सेवा आयोगको विज्ञापन अनुसार दरखास्त फाराम भरेका परीक्षार्थीहरुको पहिलो चरणको परीक्षा लिइन्छ । पहिलो चरण उत्तीर्ण गरेका प्रशीक्षार्थीले मात्र दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

दोश्रो चरणमा शासन प्रणाली, समसामयिक विषय र ऐच्छिक विषय गरी तीनवटा Examination paper समावेश गरिएको छ । यसरी दोश्रो चरणको तीन वटै Examination paper मा सफल भएका प्रशीक्षार्थीहरुमध्ये पहिलो चरण र दोश्रो चरणको अंक जोडी अधिकतम अंक प्राप्त गर्ने प्रशीक्षार्थीहरु अन्तिम चरणको लागि Eligible हुने गर्दछ ।

अन्तिम चरण अन्र्तगत सूचना प्रविधि सीप परिक्षण (Information Technology Skill Test), सामूहिक परीक्षण (Group Test) र व्यक्तिगत अन्र्तवार्ता ( Individual Interview ) लगायतका विषय समेटेका छन् । 

कस्तो व्यक्ति छनौट हुन सक्दछ 
पाठयक्रमलाई सरसर्ती हेर्दा यसले समेटेका विषयवस्तु बृहत देखिन्छ । समेटेका विषयवस्तुले घोकेर लोक सेवा आयोगको परीक्षा उतीर्ण गर्न भन्दा पनि Comprehensive knowledge भएका व्यक्तिले उतीर्ण गर्न सक्ने अवस्था रहेको छ ।

पहिलो पत्रमा समावेश गरिएका विषयवस्तुबाट विशेष गरी सिक्न सक्ने क्षमता र अँग्रेजी भाषाको ज्ञान भएका उम्मेदवार छनौट गर्न मदत पुगेको छ ।

दोश्रो पत्रमा समावेश गरिएका राज्य र शासन, संविधान र कानून, सार्वजनिक सेवा र सार्वजनिक व्यवस्थापन, श्रोत व्यवस्थापन र योजना तथा तेश्रो पत्रमा समावेश गरिएका सामाजिक, आर्थिक, विकास, वातावरणसंग सम्बद्ध मामिला जस्ता विषयवस्तुले सो विषयमा ज्ञान र अध्ययन समेत भएको विकास प्रशासन संचालन गर्न सक्ने दक्ष, सक्षम, प्रतिस्पर्धी उम्मेदवार छनौट गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी पाठ्यक्रमले समावेश गरेका ऐच्छिक विषयले गर्दा विश्वविधालयका उत्कृष्ट उम्मेदवारलाई निजामती सेवामा आकर्षित गर्ने गरेको छ भने सूचना प्रविधि सीप परिक्षण मार्फत बदलिदो परिवेशमा निजामती सेवालाई आवश्यक पर्ने सूचना प्रविधिमैत्री उम्मेदवार छनौट हुने गरेको छ । यसरी नयाँ पाठ्यक्रमले प्रशासनको आधुनीकिकरण गर्न योग्य व्यक्ति छनौट गर्न सहयोग पुर्याएको छ ।

तयारीको रणनीति कस्तो हुनुपर्ला
निजामती सेवा नेपालको प्रतिष्ठित सेवा हो । देश र जनताको सेवा गर्न निजामती सेवा एउटा उत्तम विकल्प हुनुका साथै यसमा Career opportunity पनि रहेको छ । त्यसैले  निजामती सेवालाई आफ्नो वृत्ति विकासको आधार वनाउन चाहने व्यक्तिहरुले माथि उल्लेखित पाठ्यक्र्रमलाई ध्यानमा राखेर खदिलो तयारी गर्नु जरुरी छ ।

परीक्षार्थीहरुले खासगरी निम्न कुरामा ध्यान दिन सके राम्रो हुनेछ

  •     नियमित रुपमा अध्ययन गर्ने ।
  •     पाठ्यक्रमका सबै विषयलाई समान महत्व दिएर अध्ययन गर्ने ।
  •     आफ्नो क्षमतामा विश्वास राखी नआत्तिकन अध्ययनलाई जारी राख्ने ।
  •     घोकेर पढ्नुभन्दा बुझेर पढ्ने जसले गर्दा विश्लेषणात्मक क्षमताको विकास गर्न सकिन्छ । 
  •     बुँदाहरु सम्झिनका लागि साना साना Formula बनाएर पढ्ने ।
  •     संभव भएसम्म लोक सेवा आयोग उत्तीर्ण गरेका व्यक्तिसँगबाट Idea लिने ।
  •     संभव भएसम्म छोटो समयका लागि ट्यूसन क्लासमा जाँदा राम्रो हुने ।
  •     समूहमा बस्ने र छलफल गर्ने गरेमा अध्ययन थप प्रभावकारी हुने ।
  •     अन्त्यमा,Open Minded भएर धैयर्तापूर्वक अध्ययन गर्न सके अवश्य पनि सफलता हासिल हुन्छ ।

(नोट: शाखा अधिकृत सञ्जय शाहको सहयोगमा तयार गरिएको)

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved