सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 07:11:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले विभिन्न संस्थाहरुसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मङ्सिर २४ शुक्रबारमा लायन्स क्लब अफ काठमान्डौ समृद्धि र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी नारायणचौरको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। 

सानिमा बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेशर बंगैचा, नक्सालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानीय, प्रहरी, लायन्स क्लबका सदस्य तथा बैंकका कर्मचारीहरुले रक्तदान गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले रक्तदान कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गरे। 

देश भर बैंकको कुल शाखा संख्या ४१ पुगेको छ भने एटिएम संख्या ४७ पुगेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २७ करोड खुद मुनाफा आर्जन गरेको छ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब २७ करोड रुपैयाँ रहेको छ भने यस अवधिमा बैंकको जगेडा कोष रकम १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved