गणपति माइक्रोफाइनान्स संचालनमा,विपन्नवर्गको जीवनस्तर उकास्न सघाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2016 | 07:59:01 PM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तिय संस्था संचालनमा आएको छ। तनहुँको दुलेगौडामा केन्द्रीय कार्यालय रहेको माइक्रोफ़ाइनान्सको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उद्घाटन गरे । 

उद्घाटन अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले लक्षित वर्गसम्म पुगी स्तरीय सेवा प्रदान गर्न वित्तीय संस्था कटिबद्ध  रहने रहने प्रतिबद्धता जनाए। सो अवसरमा संस्थाका अध्यक्ष युवराज भण्डारीले बिपन्न बर्गसम्म सरल एवं सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउने जनाए। 

माइक्रोफाइनान्सले गत कात्तिक ३० मा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गरी कारोबार सञ्चालनको अनुमति पाएको हो। माइक्रोफाइनान्सले विपन्नवर्गको जीवनस्तर उकास्न सघाउने अपेक्षा गरिएको छ।     
  

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved