संसोधन प्रस्ताव पारित नभए गणतन्त्र गुम्ने खतरा भन्ने जस्ता कुरा बाहिर आए र शंशोधन प्रस्ताव पारित भए देश नै गुम्ने खतरा । यि दूई खतरा मध्ये कुन खतरा ठिक र कुन चाहि वेठिक ? पत्ता लगाउन निकै गाह्रो छ । सरकारले ५ नं प्रदेशलाई लंगौटी काटे झैँ काट्ने गरी प्रदेश विभाजन गरी रहेको छ । जसको कुनै अर्थ , औचित्य र उपादेयता देशकोलागि छैन ।
सरकारसंग बडा राम्रो तर्क छ उसले भन्छ अहिलेको संशोधन पास नभए चुनाव हुँदैन । अव चुनाव ठूलो की देशको सुदुर भविश्य ? अव जताबाट हेर्दा पनि देश एउटा अन्योलपुर्ण घडिमा छ । प्रत्येक चुनावमा कसैले न कसैले निऊ खोज्ने र सरकारले द्धन्द निवारकरुपमा जस्तो भन्यो त्यस्तै प्रदेशहरु ससम्मान दिदै जाने हो भने नेपालको भविश्य के होला ?तर्सथ गहिरिएर हेर्ने हो भने चुनावका सिरिजहरु , गणतन्तन्त्रहरु , धर्मनिरपेक्षताहरुको संरक्षणको नाममा असन्तुलितरुपमा काटिएको संघियताले नेपाललाई एकराष्ट््रबाट बहुराष्ट्तर्फ लैजान सक्छ ।
यदि अलिकति राष्ट्र्यि चिन्तनबाट माथि उठ्न नसक्ने हो र जसले जता भन्छन् उतै राज्य बग्ने हो भने कहिल्यै पनि देशमा शान्ति हुँदैन , यो तान्ने र तन्काउन खेल अनवरत रुपमा चलिरहने छ । अहिलेका जस्ता र अहिलेको जस्तै पद्धति प्रणाली रही रहने हो भने , नेपाल खोज्न पर्वतारोहण सिकेर हिमालका टाकुरा तिर जानु पर्ने अवस्था न आवस । यो कुनै अति रञ्जीत भनाई होईन , संघियताले नेपालको अखण्डतालाई चुनौति दिई रहेको छ । यदि बौद्धिक सुझबुझकासाथ सबै मिलेर संघियताको समुचित प्रवन्धन गर्न सकिएन भने नेपाललाई यसको प्रवाह थेग्न अति कठिन हुने छ ।
जहाँसम्म केही अवुझहरुले गणतन्त्र गुम्ने खतराको इंकित गरि रहनु भएको छ । त्यो जत्तिको नैतिक लाचारी राजनीतिमा केही हुने छैन किनकि देश नै रहेन भने त्यँहा गण्तन्त्र वा अन्य अमुक तन्त्रहरु हुनु वा नहुनको अर्थ के ?तर्सथ संविधान शंसोधन नभए पनि कसैले गणतन्त्रलाई पोको पारेर दौडाउने विषय पनि होईन र गणतन्त्र आचार बनाएर खाने चिजपनि होईन । तर कसैले माग्दैमा संघियता दिदै जाने हो भने त्यसले अनेक समस्या सृजना गर्न सक्छ त्यस अन्तर्गत देश पोको पर्न पनि सक्छ ।
संविधान संशोधन नभए गणतन्त्र जान्छ , चुनाव हुँदैन , नाकावन्दी हुन्छ , गोली चल्छ । भन्ने जस्ता त्रास देखाएर ५ नंवर प्रदेश टुक्रापार्ने अभौगोलीक प्रस्तावलाई सान्दर्भिक बनाउने प्रयास कतैबाट हुनु हुँदैन ।यस अघि कुनै समयमा कसैले कुनै प्रशंग यस्तो विभाजनलाई स्विकार गरेको रहेछ भने पनि अहिले त्यो सच्याउन पाउँदछ । कसैले कसैसंग मैले तिमीसंग बिबाह गर्दछु भन्यो भन्दैमा पछि सिन्दुर हाल्न कसैले वाध्य पार्न सक्दैन । हिजो कहि कतै गरिएका अमुक बुंदे सम्झौतालाई आधार मानेर अहिले त्यसअनुरुप काम गर्नेै पर्ने भन्ने हो भने २०४७ सालको संविधान स्विकार गर्ने ८७ प्रतिशत नेता अहिले पनि जीउँदैछन् के उनीहरुले नयाँ संविधान किन बनाए त ?
त्यसैले विगतमा जेजस्ता संझौता भएका भए तापनि ति करार होईनन् । त्यसैले आजको बहुमत जनचाहनाअनुसार संघियता पुर्नलेखन अर्थात पुर्न सिमानीकरण हुनै पर्दछ । जसले जति सुकै नैतिकताको पाठ सिकाए पनि नेपालमा क्षितिजीय संघियता कुनै हालतमा पनि मान्य हुदैन । यसको विरुद्ध आमनेपाली जनता जसले सम्पुर्ण नेपालको अस्तित्व कायम राख्न चाहान्छ ऊनीहरु एकताबद्ध हुन जरुरी छ ।
हामीलाई राष्ट्र्यि सुरक्षा , आपुर्ति व्यवस्था , बसाँई सराईको प्रवृति र प्रकृति , बढ्दो अंगीकृतिकरण , मौलाऊँदो रुपियाँमा राष्ट्र्रियता साट्ने प्रवृति आदि सम्पुर्ण कुरालाई हेर्दा नेपाललाई ठाडो सिमानाको आधारमा बाहेक प्रदेश विभाजन हुनै सक्दैन । संघियता नभए गणतन्त्र जान्छ भनेर कसैले तर्साउन पर्दैैन । किनकि गणतन्त्र सामान्य शासन पद्धती हो जवकी संघियता भूगोल हो । जसरी छालले हान्यो भन्दैमा समुद्र सार्ने क्षमता कसैले राख्दैन त्यसै गरी २ ।४जनाले चाहे भन्दैमा प्रदेशको सिमाना जता मन लाग्यो उता काटिदैन ।
अव सम्पुर्ण राष्ट्र्प्रेमी , देशभक्त र मानवता प्रेमी नेपाली जो हिमाल , पाहड , तराँई चाहे जुनसुकै ठाँऊमा रहेका हुन् सवै जाग्न सक्नु पर्दछ र नेपाललाई उत्तर दक्षीण छुने गरी संघियतामा लैजाने निर्णायक आन्दोलनमा उठ्नु पर्दछ ।
देशको सिमाङ्कन अमुक बुँदे सम्झौताबाट होईन आमनेपाली जनताको मनोभाव अनुसार गरिनु पर्दछ । हेलीकप्टरमा समेत देश नघुमेका देशको मर्म नवुझेका तर अमुक अमुक विदेशी विश्व विद्यालयका सर्टिफिकेट ल्याएर , गुगलमा देश नक्शा हेरेर सिंहदरवार , बालुवाटार र अन्य चौर तथा पाटको इशारा अनुसार बनाइने संघियताले देशको कल्याण गर्दैन । तर्सथ दुई छिमेकी राष्ट्र्रको शक्ति सन्तुलनलाई आधार बनाएर भूगोल , जनता तथा संस्कृतिलाई समेत विबिधीकरण समावेशी हुने गरी प्रदेश बनाऊ ।
यदि ५०० बर्ष पछि नेपल अधिराज्यको अखण्डतामा एक इञ्च बराबर पनि आँच आउँदछ त्यो अवस्था जति सुकै तामाझामकासाथ बनइएका संविधानलाई पनि च्यतिदिन सक्नु पर्दछ । सुन्तलाका केशरा अरुले खान्छ भने बोक्रामाथिको गणतन्त्र गुन्द्रुक सरी ।
अव गणतन्त्र संरक्षणको नाममा कसैले मनपरी संघियतालाई ठाउँ न कुठाऊँ काट्दै हिड्छ । केही समयलाई गणतन्त्रलाई मासेर भए पनि देश बचाऊनु पर्दछ । अब कही कतैवाट गणतन्त्र मासेर कोही तानाशाह आए छ नै भने पनि त्यसले जनतालाई पुरै दवाएर शासन गर्ने क्षमता राख्दैन । यसरी त मासिने संभावना धेरै जनताले चाहेको अवस्थामा वाहेक संभव छैन । यसकारण कसले पनि राष्ट्र्को अखण्डताको मूल्यमा कुनै प्रकारका त्रासहरु्, कुनै प्रकारका हौवाहरु नफिजाऊ अनुरोध छ ।
मधेशमा बस्ने जनताले पनि अव आफ्ना नेताहरुको चालबाजी बुझ्न सक्नु पर्ने हुन्छ । तपाँईहरु जहा हुनु हुन्छ पहाडमा जानु पर्ने होईन । पाहाड मानिस आएर जग्गा किनिदीएमा तपाँईहरुको जग्गा महंगोमा विक्रि हुन्छ । शिक्षा , स्वास्थ , सडक खानेपानी लगायत सर्वत्र तराई पाहाडको सहबसाईले तराईको जति विकास भएको छ त्यति सुमधुर विकास मधेशीमात्र रहेका वस्तिहरुमा भएको छैन तर्सथ । तरार्इृका जनताले पनि नेपाली हुनुको फाईदाहरु महशुस गरेर देश र जनताको भावना बुझ्नु पर्ने आवस्यकता देखिएको छ ।
यहाँ आलोचना कसैले कसैलाई गर्न जरुरी छैन किनकि लाग्छ नेताहरु सलाईको डब्बा बनी रहेका छन् तर आगो लगाउनकोलागि , संघियता , नगरिकता जस्ता विषय त अरु कसैले खुस्र्ु खुस्रु पारी रहेको छ । अवको आवस्यकता आगो लगाउन प्रयास गर्नेलाई रोक्नेसंग सम्वन्धीत छ । हाल देशमा आगोलगाउन प्रयोग भै रहेका काँटिहरु मध्ये अव्यवहारिक संघियता नै प्रमुख हो ।