जननायक रामप्रसाद राईलाई 'आजै राष्ट्रिय बिभुति घोषणा गरिने'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2017 | 06:50:12 AM मा प्रकाशित

laxmi  sunrise bank

जननायक रामप्रसाद राईलाई राष्ट्रिय बिभुति घोषणा गरिने भएको छ। ‘जननायक रामप्रसाद राई : माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको विमोच कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राईलाई आजै राष्ट्रिय बिभुति घोषणा गरिने बताएका हुन।

पुस्तक बिमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राम प्रसाद राईको जीवनमा आधारित पुस्तक लोकार्पण गर्दा ऐतिहासिक अर्थपूर्ण गौरव महसुस भएको भन्दै राईलाई राष्ट्रिय बिभुति घोषणा गर्न प्रमुख दलहरुसंग छलफल गरि प्रस्ताब अगाडी बढाउने बताए।

२००७ सालको बिद्रोह, २०२८ सालको झापा बिद्रोह हुँदै माओवादी जनयुद्दले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगेको बताउदै प्रधानमन्त्री दाहालले राई जस्ता विरङ्गगालाई राज्यले उच्च सम्मान गर्नु पर्ने धारणा व्यक्त गरे। 'राई जस्ता विरङ्गगालाई इतिहासमा पुस्तालाई पनि प्रशिक्षण गर्ने भएकाले राईको बारेमा पाठ्यपुस्तकमा समावेश गर्न र समानका लागि कोसि करिडोरको लोकमार्गको नामाकरण रामप्रसाद राई  लोकमार्ग राख्न प्रक्रिया अगाडी बढाउने छु' उनले भने। 

सोहि कार्यक्रममा उपस्थित नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले रामप्रसाद राईलाई राष्ट्रिय बिभुति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताब गरेका छन्। 'इतिहासमा कहिले पनि नहारेका राइको जीवनीमा आधारीत चलचित्र बनाउन राज्यले सहयोग गरोस' नेताले पाण्डेले भने। 

राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए। जो राणाहरुलाई सशस्त्र क्रान्तिद्वारा नै पूर्णतः परास्त गर्नु पर्ने पक्षमा थिए। तर त्यस उल्टो राजा, राणा र कांग्रेसबीच दिल्लीमा त्रिपक्षीय सम्झौता भएपछि राणाहरुलाई सत्तामा पुनःस्थापित गरेको, राष्ट्रिय स्वाधिनतामा आँच पुगेको र सच्चा प्रजातन्त्रविरुद्ध षड्यन्त्र भएको बताउँदै माघ ८, २००८ सालमा रामप्रसाद राईले डा. केआई सिंहसँग मिलेर सिंहदरबार कब्जा गरेका थिए।जसलाई ‘सिंहदरबार विद्रोह’का रुपमा चिनिन्छ। 

त्यही दिनको स्मरण गर्दै माघ ८ गते सार्वजनिक भएको भोगीराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राई : माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तक विमोचन गरिएको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved