साताको ओपनिंग कारोबारमा नेप्सेमा सुधार, १० प्रतिशतले बढ्यो राष्ट्रिय बिमाको शेयर मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 02:09:21 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से बढेको छ भने कारोबार रकम अघिल्लो दिनको तुलनामामा घटेको छ।  आइतबार बजार परिसूचक नेप्से ३  दशमलब २८  अंकले बढेर १४६५  दशमलब ८४  को उचाईमा पुगेको छ भने ७ लाख २९  हजार सेयर खरिद बिक्रिबाट २९  करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

प्रभु बैंकको संस्थापक सेयर मात्रै ६  करोड ३  लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल एसबिआई बैंक, सिद्दार्थ बैंक, प्रभु बैंक,  नेपाल लाइफ इन्स्योरेन्स रहेका छन। 

त्यस्तै आइतबारको कारोबारमा कमाउनेमा राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, नेपाल एसबीआई बैंक, सम्मीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरीका  लगानीकर्ता रहेका छन। आजको कारोबारमा राष्ट्रिय बिमाको शेयर मूल्य  १० प्रतिशतले बढेको छ । 

गुमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, अपि हाइड्रो, खानी खोला हाइड्रो, कर्बली डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन।

आइतबारको कारोबारमा विकास बैंक, हाइड्रोपावर,  र फाइनान्स समूह बाहेक अन्य समूहका सूचकहरु भने बढेका छन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved